• schedule सोमवार, अशोज २७, २०७६

    इराकमा प्रहरी कारबाहीमा नौ आइएस लडाकू मारिए

    १८ भाद्र २०७६, बुधबार १५:३१

    Sharing is caring!

    बग्दाद । इराकको उत्तरी प्रान्त निनेभेहमा मङ्गलबार प्रहरीले गरेको कारबाहीका क्रममा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका नौ जना लडाकू मारिएका छन् । इराकी सेनाले उक्त जानकारी दिएको छ ।

    अमेरिकाआवद्ध अन्तर्राष्ट्रिय संयुृक्त गठबन्धन सेनाको सहयोगमा इराकी सेनाले सो कारबाही गरेको थियो । सो कारबाहीको क्रममा प्रान्तीय राजधानी मोसुलबाट दक्षिणपश्चिममा पर्ने सहजी इलाकामा एक सुरुङ्ग ध्वस्त हुनको साथै नौ जना आइएस लडाकू मारिएका इराकी संयुक्त कारबाही कमाण्डका प्रवक्ता याहया रसुउलले विज्ञप्तिमार्फत बताउनु भएको छ । सन् २०१७ को अन्त्यमा इराकी सुरक्षा बलले देशभर कट्टरपन्थी आतंकवादलाई पूर्णरुपले हराएपछि इराकको सुरक्षास्थिति नाटकीय रूपमा सुधार भएको छ ।

    यद्यपि आइएसका लडाकू समूहले ग्रामीण क्षेत्रहरूमा आफ्नो सुरक्षित आश्रयस्थल बनाएर बसेका छन् र सरकारी संघ संस्था र सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन् ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares