सोमवार, साउन २६, २०७७

अवरुद्ध सडक सञ्चालन

१७ भाद्र २०७६, मंगलवार १९:३७

मुगु । अबिरल वर्षाका कारण विगत २ साता देखि अवरुद्ध भएको गमगढी धैन धुलाचौर सडक अन्तर्गत गमगढी गिलाहाँ सडक खण्ड आजबाट सञ्चालनमा आएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा सडकमा आएको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छायाँनाथरारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले जानकारी दिनु भयो ।

ग्रामीण पहुँच कार्यक्रमले बनाएको उक्त सडक गत वर्ष मात्र स्थानीय निकायलाई हस्तान्तरण गरेको थियो । अवरुद्ध सडक खुलाउनको लागि स्थानीय नौलासिंह रोकाया र गोकर्ण रोकायाको पहलमा नगरलाई सडकको अवस्था बारे जानकारी गराएपछि नगर प्रमुख हरिजङ्ग शाहीको नेतृत्वमा अनुगमनका साथै सडक खुलाउन डोजर प्रयोग गरिएो थियो ।

नगर प्रमुख हरिजङ्ग शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्ल, श्रोत ब्यक्ति गोबिन्द ढकाल वडा नं ३ का वडा अध्यक्ष नरबहादुर रावल, वडा नं १३ का वडा अध्यक्ष चक्रबहादुर सावत सदस्य कम्मरसिङ खड्का, लगायतको टोलीले सडक, बिद्यालय, स्वास्थ्य चौकीको समेत अनुगमन गरेको थियो । सडक सञ्चालनमा आएपछि स्थानीय बासी खुशी भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share