मङ्लबार, फाल्गुन १८, २०७७

अजिङ्गर फेला

१३ भाद्र २०७६, शुक्रबार १३:५०

सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा एक अजिङ्गर फेला परेको छ । खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।

उक्त अजिङ्गर रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो । वन कार्यालयले पनि कोशीटप्पु वन्यजन्तु आरक्षलाई उक्त अजिङ्गर बुझाउने जनाइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share