मङ्लबार, फाल्गुन २५, २०७७

कांग्रेस बैठकमा भ्रातृ संस्थाबारे छलफल

१२ भाद्र २०७६, बिहीबार २१:२५

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएको भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा छलफल प्रारम्भ भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले सो प्रस्ताव प्रस्तुत गर्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महतले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुङ्गाना, नवीन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गर्नुभयो । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही भदौ १३ गते बिहान ११ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share