schedule शनिबार, माघ ११, २०७६

काउछो

८ भाद्र २०७६, आईतवार १३:२७

Sharing is caring!

वासुदेव पाण्डेय

नेता हुन् चटके भ-याङ जनता, सत्ता उपल्लो तला
चढ्दै स्वाद लिई रमाउन सिके , ठग्ने अनौठो कला ।
साँचो हो कि त भान पार्न यिनले,गर्छन् मिठो भाषण
वाणी मिष्ट परन्तु कर्म घटिया, पाषाणजस्तो मन ।।

सारा देश दुखेर पीडित हुँदा छन् द्रव्यमा लोलुप
जाँदा देश विदेशका सयरमा को बोल्छ सारा चुप ।
नेपाली जनता सधैँ विवश छन् तिर्छन् सधैँ जो-कर
सत्ता,शक्ति छ कर्म तुच्छ यिनको को देश सम्झन्छ र।।

गाईवस्तु धपाउँछन् तर झिँगा आएर जिस्क्याउँछन्
झन् किर्ना र जुका भुले रगतमा छोड्दैन टाँसिन्छ झन्।
छाडा छन् न छ लोकलाज यिनले के मान्दथे कानुन
नेता कानुनमाथि हुन्छ कसरी चल्थ्यो सही शासन ?

बोल्ने गर्दछ ‘राम राम’ शुकले धेरै रटाएपछि
कुर्सी छोड्न तयार हुन्न मतमा हारे हटाएपछि ।
आए फेरि मिलेर देश निजको भण्डार भर्ने दिन
बिर्सी राष्ट्रियता र देश यिनले उत्पात थाले किन ?

पीडा भोक अभाव खप्छ जन-ता देख्तैन सत्ता किन
सिन्को भाँच्न समर्थ छैन तर ऊ थाल्यो बढी बम्किन।
साना मानिसनिम्ति ऐन र ठुला मान्छे सधैँ चैनमा
साँच्चै दृष्टिविहीन कानुन घट्यो विश्वास यो ऐनमा ।।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares