शुक्रबार, फाल्गुन २१, २०७७

‘सङ्घीयताको प्रतिफल आउने समय भएको छैन’

७ भाद्र २०७६, शनिबार १४:३९

तुलसीपुर । साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले सङ्घीयताको प्रतिफल आउने समय नभएको बताउनुभएको छ । आज दाङको तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी २०७२ सालमा जारी भएको संविधानमा यस्तो व्यवस्था भएको र यति छिट्टै प्रतिफलको अपेक्षा गर्न नसकिने उहाँको भनाइ थियो ।

“मुलुकमा सङ्घीयता लागू भएको भर्खर चार वर्ष हुँदैछ, यति छोटो समयमा ठूलो प्रतिफल आश गर्न सकिदैन्”, उहाँले भन्नुभयो, “यसको प्रतिफल आउन केही समय लाग्छ ।” संविधानले निर्दिष्ट गरेको बाटोले देशले फड्को मार्ने भएकाले संविधानले देखाएको बाटोमा लाग्नेसमेत उहाँको भनाइ थियो ।

उहाँले नेत्रबिक्रम चन्दले शान्तिपूर्ण राजनीतिमा आउनुपर्नेसमेत उहाँको भनाइ थियो । अहिले चन्द समूहले संविधान उल्लङ्घन गर्नेगरी गतिविधि अगाडि बढाइरहेकाले यसरी मुलुक रुपान्तरण हुन नसक्ने समेत उहाँको भनाइ थियो । साथै मिश्रले आफ्नो पार्टीले उपनिर्वाचनमा सहभागिता जनाउने बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share