शनिबार, फाल्गुन १५, २०७७

तितो सत्य

६ भाद्र २०७६, शुक्रबार ११:२०
162 Shares

वासुदेव पाण्डेय

दिई अनेक यातना कमाइ खोस्छ, घोच्छ ऊ
न गर्छ लोकको भलो न देशनिम्ति सोच्छ ऊ।
सधैँ चुनाव जित्छ ऊ मिठा कुरा गरीगरी
लिएर भोट, चोट ऊ दिएर जान्छ बेसरी।।

सदैव राष्ट्रघातमा कुकर्मको प्रतीक नै
कठोर चित्त,साँघुरो छ सोच धुन्धुकारिझैँ।
स्वभाव तमासी निकै र भोजमा निमग्न छ
लुगा छ आङमा फगत् चरित्रबाट नग्न छ।।

बुझेर शक्तिकेन्द्र-को मियो बुझेर घुम्दछन्
लिएर लाभ देशको विरुद्धमा उभिन्छ झन्।
बिचौलिया चिनेर नै असुल्छ अर्थको बिटो
हुँदैन काम जो छिटो बनाइदिन्छ ऊ छिटो।।

स्वदेश छैन ठान्छ ऊ म देश ठान्न थाल्दछ
कमाउ मार्ग छन् कहाँ उपाय ऊ निकाल्दछ।
विकास के विनाश के बुझेन भिन्नता हरे
मिलेर राष्ट्र अस्मिता लुटी स्वयम् भुँडी भरे।।

रहेछ चोर जो ठुलो बनेर साधु आउँछ
चुनाव जित्छ फेरि ऊ अवश्य नै हराउँछ।
बुझेर मौन छौँ सबै छ स्वार्थ के कताकता
यही छ हाल देशको उही कथा उही व्यथा।।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
162 Shares
Tweet
Pin
Share