बुधबार, फाल्गुन १२, २०७७

कालीकोटमा समयमै विद्युत सेवा विस्तार गर्न मुख्यमन्त्री शाहीकाे निर्देशन

३ भाद्र २०७६, मंगलवार २०:३०
15 Shares

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही साताव्यापी जिल्ला भ्रमण सकेर प्रदेश राजधानी सुर्खेत फर्कदै गर्दा उहाँ चढेको गाडी दैलेखको टुनीवगरमा रोकियो । गाडीबाट झरेर मुख्यमन्त्री शाही सरासर बाटोछेउमै रहेको टीनले वारेको खाजा पसल छिर्नु भयाे ।

मुख्यमन्त्री खाजापसल छिरेको केहीवेरमै नेपाल विद्युत प्राधिकरणको दैलेख कालीकोट विद्युत प्रशारण लाईन विस्तार आयोजनाका प्रमुख सुरेन्द्र चौधरी सहितको टोली पनि सोही पसलमा छिर्यो । अनि शुरु भयो कालीकोट जुम्ला विद्युत प्रशारण लाईन विस्तारको प्रगतिको अवस्थाको बारेमा छलफल ।

छलफलमा आयोजना प्रमुख चौधरीले विद्युत प्रशारण लाईन विस्तारको कार्य तिव्रताका साथ अघि वढेको र विचमा पर्ने केही रुख कटान तथा कालीकोट सदरमुकाम मान्मामा सवस्टेशन निर्माणको लागि जग्गा प्राप्तिको समस्या रहेको जानकारी दिनु भयाे ।

त्यस लगत्तै मुख्यमन्त्री शाहीले कालीकोटका प्रमुख जिल्ला अधिकारी र खाडाचक्र नगरपालिकाका मेयरलाई टेलीफोन गरेर सवस्टेशनको लागि जग्गा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गर्नु भयाे । रुख कटान सम्वन्धि समस्या हल गर्न पनि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले ६ महिनाभित्रै कालीकोटमा राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा उपलब्ध गराउन आयोजना प्रमुख चौधरीलाई निर्देशन दिनु भयाे ।

छलफल पछि आयोजना प्रमुख चौधरीले सवस्टेशन निर्माणको कार्य जारी रहँदा पनि ११ केभिए क्षमताको विद्युत सेवा उपलब्ध गराउन सकिने वताउदै ६ महिना भित्र कालीकोट सदरमुकाम मान्मामा वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयाे ।

कर्णाली करिडोरमा धमाधम चलिरहेको लाईन विस्तारको कामले पनि मुख्यमन्त्री शाही उर्जामन्त्री हुँदा कर्णालीका दुर्गम जिल्लाहरुमा राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा पुर्याउन गरेको पहलले सार्थकता पाउदै गरेको देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
15 Shares
Tweet
Pin
Share