मङ्लबार, फाल्गुन २५, २०७७

छलफल गरियोस् भन्ने प्रस्ताव पारित

३ भाद्र २०७६, मंगलवार १८:०२

काठमाडौँ । प्रतिनिधिसभा बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७६ लाई आज सर्वसम्मतिले पारित गरेको छ ।

यसअघि बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले अर्थसमितिको प्रतिवेदनसहितको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५ माथि छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको थियो । बैठकले आजै भूमिसम्बन्धी (आठौँ सशोधन) विधेयक, २०७६ लाई पनि पारित गरेको छ ।

यसअघि बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमिसम्बन्धी (आठौँ सशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको प्रस्तावलाई सदनले सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई पनि सदनले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ५ गते बिहीबार दिनको १ बजे बस्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share