• schedule मङ्लबार, भदौ ३१, २०७६

    केरलामा बाढीले ८८ जनाको मृत्यु, ४० बेपत्ता

    २८ श्रावण २०७६, मंगलवार १६:५६

    Sharing is caring!

    केरला । भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ ।

    स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहान ९ बजेसम्मको हो ।

    यस प्राकृतिक प्रकोपमा परेर ३४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    केरला राज्यका जिल्लाहरुमा गत केही दिन ठूलो बर्षा भएको थियो । बर्षासँगै आएको बाढीले ठूलो जनधनको क्षति भएको छ ।

    राज्यका १४ जिल्लामध्ये सबैभन्दा धेरै मानवीय क्षति मालापुरम जिल्लामा भएको छ । पछिल्लो विवरण अनुसार मालापुरम जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

    बाढीका कारण विस्थापित भएकाहरुलाई केरला राज्यभरी रहेका १३ सय ३२ शिविरमा राखिएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares