मङ्लबार, फाल्गुन १८, २०७७

काँक्रेविहारको गेट र काउन्टर तोडफोड

२१ श्रावण २०७६, मंगलवार १७:३८
644 Shares

सुर्खेत । वीरेन्द्रनगर ९ लाटिकोइलीमा रहेको पुरातात्विक तथा ऐतिहासिक स्थल काँक्रेविहार पुनर्निर्माणको अन्तिम चरणमा पुगिरहेको बेला त्यहाँका गेटको गजुर र काउन्टर तोडफोड भएको छ । तीन दिनदेखि अज्ञात समूहले गेट भत्काउने , गजुर र काउन्टर तोडफोड गर्ने गरेको छ ।

शनिवार, आइतवार र सोमवार राती लगातार काँक्रेविहार भग्नावशेषको संरक्षणका लागि लगाइएको तारवार र त्यहाँ बनाइएको गेट तथा टिकट काउन्टर तोडफोड गरिएको छ । दिउँसो मात्रै रेखदेख हुने तर राती नहुने भएकोले अज्ञात हतियारधारी समूहले तोडफोड गरेको हुनसक्ने हेरालु सीता कार्कीले बताउनुभयो । काउन्टरको झ्यालका सिसाहरु, हात धुने बेसिनहरु तोडफोड भएको छ । मन्दिरको टुप्पामा राखिएको थैला पनि च्यातचुत पारिएको छभने पश्चिमतर्फको गेटको गजुर भाच्चिएको छ ।

गेट र काउन्टर तोडफोड भएपछि वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को वडा कार्यालयले सुरक्षा बढाउने तयारी गरेको छ । वडाअध्यक्ष सुरेश मानन्धरले तोडफोड गर्ने समूहलाई खोजी गर्न प्रहरीलाई आग्रह गरिएको बताउनुभयो ।  मंगलवारदेखि नै काँक्रेविहारको सुरक्षाका लागि थप हेरालुको व्यवस्था गरिने उहाँको भनाइ छ ।

यता काँक्रेविहारको गेट तथा गजुर तोडफोड भएको सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनभिज्ञता प्रकट गरेको छ । प्रहरी प्रमुख एसपी बसन्त रजौरेले काँक्रेविहार तोडफोड भएकोवारे कुनै जानकारी नआएको भन्दै सुरक्षाको माग गरेको खण्डमा उक्त क्षेत्रमा प्रहरी विट राख्न सकिने उहाँको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
644 Shares
Tweet
Pin
Share