सोमवार, फाल्गुन १७, २०७७

हिमशिखरले चलायाे स्वास्थ्य शिविर

२० श्रावण २०७६, सोमबार ०८:३४
31 Shares

भक्तपुर । भक्तपुर गठ्ठाघर स्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२औं स्थापना दिवसको अवसरमा एक दिने निशुल्क सुगर, प्रेसर जाँच तथा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर प्रा.लि. तथा ब्लड बैंकसँग समन्वय गरि स्वास्थ्य शिविर संचालन गरेको हाे । उक्त कार्यक्रममा मधुमेह सम्वन्धि जनचेतना कक्षा पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा संस्थाका सदस्य तथा अन्य सर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका थिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्षेनि बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको सहकारी संस्थाले जनाएकाे छ ।

कार्यक्रममा बीस जनाले रक्तदान गरेका थिय । दुई सय भन्दा बढीले स्वास्थ्य परिक्षण तथा विभिन्न जाँच गरेको संस्थाका प्रमुख हरिहर भण्डारीले बताउनु भयाे ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
31 Shares
Tweet
Pin
Share