बुधबार, साउन १३, २०७८

कर्णाली राजमार्ग अवरुद्ध

१२ श्रावण २०७६, आईतवार ११:२३
33 Shares

मुगु । अबिरल वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । लगातारका वर्षाका कारण कालीकोट जिल्लाको काले खोला सडक खण्डको ३० मिटर जतिको सडक खण्डमा चट्टान सहितको पहिरो खस्दा शनिवार राती देखि उक्त सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख शरण कुमार महताराले जानकारी गराउनु भयो ।

शनिवार राती साढे ९ बजे तिर चट्टान सहितको पहिरो खसेको बताईएको छ । सडक अवरुद्ध भएपछि खुलाउनको लागि सडक डिभिजन कार्यालय जुम्लाको टोली त्यस तर्फ खटाईएको र सडक खुलाउने काम हाल भैरहेको डिभिजन प्रमुख महताराले बताउनु भयो । सडक अवरुद्ध भएपछि मुगु तथा जुम्ला जाने दर्जनौ मालबाहक गाडीहरु बिच बाटोमा नै अलपत्र परेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
33 Shares
Tweet
Pin
Share