सोमवार, साउन १८, २०७८

सरकारले समृद्धिकाे कुरा गर्ने नैतिकता गुमाई सक्याे : कांग्रेस नेता सिंह

११ श्रावण २०७६, शनिबार ११:२३
553 Shares

काठमाडाैं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सरकारले समृद्धिकाे कुरा गर्ने नैतिकता गुमाई सकेकाे बताउनु भएकाेछ । उहाँले याे सरकार काम गर्न त केअरुले गरेकाे कामकाे जस लिन समेत अयोग्य साबित भै सकेकाे कुराकाे ज्वलन्त उदाहरण पुराहुनै लागिसकेकाे मेलम्ची खानेपानीकाे काम सरकारकै कारण अनिश्चित बन्नुलाई लिन सकिने बताउनु भयाे ।

काठमाडाैं स्थित आफ्नै निर्वाचन क्षेत्रमा शनिबार आयाेजना गरिएकाे भेटघाट कार्यक्रममा बाेल्दै कांग्रेस नेता सिंहले सरकार काम गर्न सकाेस् भनेर आफुहरुले सहयाेग गर्न चाहेपनि सबैकाे साथ सहयाेग लिएर अघि बढ्नुकाे साट्टाे भाषण बाजिमा लागेर आफुभन्दा फरक बिचार राख्नेहरुकाे मान मर्दन गर्नै मै अलमलिकाे आराेप लगाउनु भयाे । उहाँले सरकार बनेपछि कुटनैतिक क्षेत्र समेत विश्वस्त हुन नसकेकाे अन्तर्राष्ट्रिय जगतलाई बिश्वासमा लिएर काम गर्न नसकेकाेले दिनानुदिन सरकारकाे कारण मुलुक असफल राष्ट्र बन्न लागेकाे समेत बताउनु भयाे ।

कांग्रेस नेता सिंह भनाई कम्युनिष्ट गराई फरक विदेशी सामु आफुलाई साेसल डेमोक्रेटिक भन्ने फेरि मुलुक भित्र कम्युनिष्ट भन्न नछाडे तर गराई भने सबैले देखे बुझेकै कुरा भएकाे बताउनु भयाे । उहाँले कम्युनिष्ट पार्टीकाे जस्तो मुलुक संचालनमा समेत दाेधारे देखिएकाले सरकारले समृद्धिकाे नारा लगाय जस्तो सजिलाे नुहुने भन्दै जनमतकाे सम्मान गरी काम गरेर देखाउन समेत आग्रह गर्नु भयाे । उहाँले मुलुककाे अर्थतन्त्र डामाडाेल भैसकेकाले समय छदै सबै जिम्मेवार बन्नु पर्नेमा जाेड दिनु हुँदै अब आराेप प्रत्याराेपमा लाग्न नहुने बताउनु भयाे । उहाँले सरकार रचनात्मक काम गर्छ भने आफुहरु सहयाेगी बन्न तयार रहेकाले जिम्मेवार बन्न समेत अपिल गर्नु भयाे ।

कार्यक्रममा गुज्जेश्वरि बाल शिक्षा माध्यमिक विद्यालय थापाथलीमा अध्ययनरत दुई सय विद्यार्थीहरुलाई पूर्व गभर्नर हिमालय शम्शेर जबराकाे सहयाेगमा प्राप्त विद्यालय पाेशाक बितरण तथा यस वर्ष उक्त विद्यालयबाट एसईईमा उतीर्ण विद्यार्थीहरुलाई सम्मान समेत गर्नु भएकाे थियाे ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
553 Shares
Tweet
Pin
Share