सोमवार, साउन १८, २०७८

मुगुमा २५ करोडमा नमूना अस्पताल

१० श्रावण २०७६, शुक्रबार १८:३०
120 Shares

मुगु । मुगु जिल्ला अस्पताल ठिनीमा नवनिर्मित जिल्ला अस्पताल भवनको निर्माण कार्य पुरा भएको छ । कोरियन सरकारको २५ करोड रुपैयाँको लागतमा उक्त अस्पताल भवनको निर्माण कार्य पुरा भएको कोईकाका इन्जिनियर मकर स्वाँरले जानकारी दिनुभयो ।

लुम्बिनी विल्डर्स प्रा.लि.ले निर्माणको जिम्मा लिएको उक्त अस्पताल भवन ३ तलाको छ भने ६५ वटा कोठा रहेका छन् । आर्थिक वर्ष २०७४/०७५ बाट अस्पताल भवनको निर्माण कार्य थालनी गरिएको हो । यस अघि १५ शैया क्षमताको रुपमा अस्पताल सञ्चालनमा रहेको भएपनि नवनिर्मित अस्पताल भवनमा २५ देखि ३५ शैया क्षमता रहेको बताइएको छ ।

यस अघि पुरानो जिर्ण भवनमा बिरामीहरुको उपचार हुदै आएको थियो । नयाँ बनेको भवन सुविधा सम्पन्न भएकाले मुगुका बिरामीहरुलाई उपचारमा सहजता आउने अपेक्षा गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
120 Shares
Tweet
Pin
Share