सोमवार, साउन १८, २०७८

अविरल वर्षाका कारण सुर्खेतको पर्सेनी क्षेत्र डुवानमा

८ श्रावण २०७६, बुधबार १३:५३
200 Shares

सुर्खेत । अविरल वर्षाका कारण सुर्खेतको पर्सेनी क्षेत्र डुवानमा परेको छ । वीरेन्द्रनगर–९ को तल्लो क्षेत्रमा अविरल वर्षापछि आएको बाढीले  ७ वटा घर डुवानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख (एसपी) बसन्त रजौरेका अनुसार डुवानबाट मानवीय क्षती भने भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले डुवान क्षेत्रमा परेका ३१ जनाको उद्धार गरिएको छ । निकास खोला बढ्नसाथ प्रहरीले घटनास्थलमा तत्काल उद्धार गरेकै कारण मानविय क्षति हुनबाट जोगिएको उहाँले बताउनु भयाे ।

वर्षासुरु भएदेखिनै प्रहरीले सजकता अपनाउन र खोला छेउछाउका घरमा नबस्न आग्रह गर्दै आएको थियो । वर्षाले वीरेन्द्रनगरका निर्माणधिन चार वटा पुलमा भने क्षति पुर्‍याएको छ ।

प्रहरी प्रमुख रजौरेका अनुसार पर्सेनीमा लगाइएको धानबाली भने पूर्ण रुपमा नष्ट भएको छ । डुवान क्षेत्रमा दुई बंगुर समेत मरेका छन् भने दुई वटा कुखुरा फर्म बाढीले बगाएको छ । वर्षा भैरहेका कारण डुवान क्षेत्रमा प्रहरीले माइकिङ्ग गरिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
200 Shares
Tweet
Pin
Share