सोमवार, साउन १८, २०७८

अख्तियारमा बर्षेनी उजुरी बढ्दै, सवैभन्दा शिक्षाका उजुरी धेरै

७ श्रावण २०७६, मंगलवार १७:४०
13 Shares

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा बर्षेनी उजुरी बढ्दै गएको छ । आव २०७५-०७६ मा ९६१ वटा उजुरी दर्ता भएका थिए । त्यसअघिको आवमा ७५१ वटा उजुरी दर्ता थिए ।

सवैभन्दा धेरै शिक्षाका छन् । जसमा ३११ वटा, त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासनमा २६३ वटा, वन तथा बातावरणमा १०५ वटा उजुरी परेको अख्तियार प्रमुख ज्ञानराज सुवेदीले जनाउनुभयो । बजेट धेरै हुने मन्त्रालय तथा कार्यालयहरुको उजुरी बढी आउने गरेको उहाँको भनाइ छ । कर्णाली प्रदेशका १० वटा जिल्लामा प्रदेश राजधानी समेत रहेको सुर्खेतमा धेरै उजुरी परेका छन् । सुर्खेतका २०१ वटा उजुरी परेका छन् । त्यसपछि दैलेखका १६८ वटा, जाजरकोटका १२७ वटा र कालिकाटका ९१ वटा उजुरी परेको अख्तियारले जनाएको छ ।

यसैगरी यसै बर्षदेखि सवै स्थानीय तहको पनि उजुरी व्यवस्थित गरिनेछ । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये सुर्खेतको भेरीगंगा नगरपालिका र मुगुको छायानाथ रारा नगरपालिकाको उजुरी सवैभन्दा बढी परेको अख्यिार प्रमुख सुवेदीले बताउनुभयो । उहाँका अनुसार उजुरी नपरेको कुनै स्थानीय तह छैन ।

अख्तियार सुर्खेतले व्यापक जनगुनासो आएका सुर्खेतका तीन वटा कार्यालयलाई आफ्नो कार्यशैली सुधार्न निर्देशन दिएको छ । मालपोत कार्यालय, विद्युत प्राधिकरण र खाद्य संस्थानलाई गुनासोका आधारमा कार्यशैलीमा सुधार्न निर्देशन दिएको अख्तियार प्रमुख ज्ञानराज सुवेदीले बताउनुभयो ।

साथै अख्तियारले पदीय दुरुपयोग तथा आचरण विपरित कार्य गरेकोमा कर्णालीका ११ घटनामा ३८ जना कर्मचारीलाई मुद्दा चलाएको जनाएको छ । जसमा घुससहित रंगेहात पक्राउ परेका ४ जना समेत छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
13 Shares
Tweet
Pin
Share