सोमवार, साउन १८, २०७८

हवाइ आक्रमणमा समूह कमाण्डरसहित तीन मारिए

७ श्रावण २०७६, मंगलवार १३:४५

लासकार गाह । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमाण्ड प्रान्तको मार्जा जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका इलाका लक्ष्यगरी गरिएको हवाइ आक्रमणमा एक समूह कमाण्डरसहित तीन तालिबान लडाकू मारिएका छन् ।

अफगान सेनाले मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ । जारी विज्ञप्तिका यस हवाइ आक्रमणमा मारिएका तालिबान कमाण्डरको नाम फारिद रहेको जनाइएको छ ।

प्रायःअशान्त अवस्थामा रहने हेलमाण्ड प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुर्नै टिप्पणी गरेका छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share