सोमवार, साउन १८, २०७८

स्थानियको अवरोधकै कारण चक्रपथ निर्माणमा ढिलाई

६ श्रावण २०७६, सोमबार १६:१७
514 Shares

सुर्खेत । जग्गाको उचित मुवाब्जा नपाएका स्थानियको अवरोध पछि विवादमा परेको चक्रपथ सडक निर्माण हुन सकेको छैन् । घरजग्गा दुवै सडकमा पर्ने भएका कारण यहाँका स्थानियले निर्माणाधिन चक्रपथ सडकको कामलाई ठप्प पारेका छन् ।

वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुदैँ दक्षिण भागबाट बाङ्गेसिमल जोडिने चक्रपथमा पर्ने घरजग्गाको मुवाब्जा नपाएका स्थानियले अवरोध गरेपछि झण्डै १३ वर्षसम्म पनि चक्रपथ सडक निर्माण हुन सकेको छैन । तत्कालिन जिल्ला विकास समितिमार्फत आर्थिक वर्ष २०६२-०६३ बाट चक्रपथको निर्माण थालिएको थियो । महाँलक्ष्मी किराँतेश्वर निर्माण कम्पन्नीले १३ करोडमा निर्माण गर्ने सम्झौता गरि काम थालेपनि स्थानियले उचित मुवाब्जा नदिएको भन्दै आवरोध गरेपछि काम रोकिएको हो । निर्माण व्यवसायीले गत वैशाखबाट काम अघि बढाएपनि सुव्वाकुनास्थित स्थानीयको अवरोधले कामनै हुन सकेको छैन् । घरजग्गा सडकमा पर्ने स्थानियले निमार्ण कम्पनीलाई काममा अवरोध गर्दै आएका छन् ।

स्थानिय बालकुमारी डांगीले निर्माणाधिन चक्रपथ सडकका लागि आफ्नो घर, जग्गा गएको बताउँदै आफुहरुलाई क्षतीपुर्ती दिन आग्रह गर्नुभयो । ‘चक्रपथ सडकका लागि हाम्रो घर, जग्गा दुवै गएको छ, हामी सुकुम्बासी भयौँ उहाँले भन्नुभयो सरकारले हामीलाई घरको क्षतीपुर्तीसंगै जग्गाको जग्गा नै दिनुप¥यो ।’ उहाँले आफुहरुलाई सरकारले क्षतीपुर्ती नदिएसम्म चक्रपथ सडक निर्माण गर्न नदिने बताउनु भयो ।

निर्माण कम्पनीले सुरुवात विन्दुमा काम गर्न नसकेपछि झण्डै एक किलोमिटर छोडेर काम सुरु गरेको थियो । तर स्थानियको अवरोध हुन थालेपछि काम रोकिएको छ । सडक डिभिजन कार्यालय चौरजहारी रुकुमपश्चिमले स्थानीयको अवरोधकै कारणले अहिलेसम्म ८ प्रतिशत मात्रै काम हुन भएको जनाएको छ ।

सडक डिभिजन कार्यालय चौरजहारी रुकुमका इन्जिनियर सुरेश कुमार बस्यालले स्थानियबासीकै अवरोधका कारणले चक्रपथ सडकको काम गर्न ढिलाई भएको बताउनु भयो । उहाँका अनुसार सम्झौता भएको दुई वर्षमा सक्नुपर्ने चक्रपथ सडक विवादकै कारण तोकिएको समयमा नसकिने भएको छ । इन्जिनियर बस्यालले भन्नुभयो ‘२०७६ चैत १२ गते चक्रपथ सडकको काम सकाउनुपर्ने मिति हो तर निर्माण कार्य ढिलाईका कारण समयमै निर्माण गर्न नसक्ने दुखद अवस्था छ ।’

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
514 Shares
Tweet
Pin
Share