बुधबार, साउन १३, २०७८

कालीगण्डकी करिडोर भदौ १५ सम्मका लागि बन्द

५ श्रावण २०७६, आईतवार १८:२१

तम्घास । वर्षायामको समयमा मानवीय क्षति नहोस् भनेर कालीगण्डकी करिडोरको हर्मिचौरदेखि अर्बेनीसम्मको सडकखण्ड भदौ १५ गते सम्मका लागि बन्द गरिएको छ ।

नेपाली सेनाले बम विष्फोट गरी सडक निर्माण गरिरहेको समयमा वर्षायामको समयसँगै विष्फोट गराएको सडकमा  जोखिम हुने भन्दै सडक बन्द गरिएको कालीगण्डकी करीडोर निर्माण कार्यदलका प्रमुख कर्नेल रेश्मिराज भट्टराईले जानकारी दिनुभयो ।

सो सडकमा जोखिम मोलेर यात्रा गर्दा र सवारी साधनहरु आवतजावत गर्दा मानवीय क्षति समेत हुन सक्ने भएकाले भदौ १५ गते सम्मका लागि सडक बन्द गरिएको हो । सोही समय अवधिमा नेपाली सेनाले हर्मिचौर देउराली सडक खण्डको पहरामा विष्फोट गरी पहरा फुटाउने कार्य जारी राखिने जानकारी दिएको छ । सो समयमा पैदल यात्रा गर्नेहरुका लागि पनि नेपाली सेनाको निगरानीमा यात्रा गर्ने र सुरक्षा दिने नेपाली सेना हर्मिचौरले जनाएको छ ।

हर्मिचौरदेखि अर्बेनीसम्मको सात किलोमिटर सडकखण्डमा बीचबीचमा पहिरो झर्ने कार्य जारी रहेकाले पनि सडक बन्द गर्नुपरेको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share