सोमवार, साउन १८, २०७८

नेकपाकाले लगायो जिल्ला र महानगरपालिकाको टुगों

५ श्रावण २०७६, आईतवार १६:५३

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला कमिटी र महानगरपालिका कमिटीको टुगों लगाएको छ ।  आज बसेको सचिवालयको बैठकले ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्ज तथा छवटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुगों लगाएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
केन्द्रीय समितिको कार्यविभाजन र अन्य बाँकी रहेका एकता प्रकृयाको विषयमा मंगलवार बस्ने सचिवालयको बैठकले टुगों लगाउने उहाँले उहाँले बताउनुभयो । ७७ जिल्ला र ६ महानगरपालिका गरी जम्मा ८३  मा ४५ तत्कालीन एमाले र ३८ तत्कालीन माओवादी केन्द्रले पाएको छ

नेताहरूको  कार्यविभाजनको बारेमा बैठकमा छलफल भएको बताउँदै उहाँले केही कुरामा सहमति नबनेको बताउनुभयो । वामदेव गौतमलाई संगठन विभागको प्रमुख दिने निर्णय भएको हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, केही कसैलाई दिएको छैन, ‘वामदेवजीलाई लागेको होला कि सचिवालयले संगठन विभाग प्रमुख बनाई देला तर निर्णय केही भएको छैन ।’

७७ वटा जिल्लाको इन्चार्ज, सहइन्चार्ज र महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको विवरण अइतबार बेलुका मात्र उपलब्ध गराउने उहाँले बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share