सोमवार, साउन १८, २०७८

सभामुखज्यू ! बराहतालका बासिन्दाले लालपुर्जा कहिले पाउने ?

३ श्रावण २०७६, शुक्रबार १५:१०
11 Shares

सुर्खेत । ‘सभामुखज्यू ! ‘बराहतालका नागरिकसँग घर पनि छ, जग्गा पनि छ, तर त्यसको पुर्जा छैन,’ यसका लागि प्रदेश सभाले कस्तो कानुन बनाउँदैछ? बराहताल गाउँपालिका जनज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलल प्रश्न गर्नुभयो । उहाँले बराहतालका बासीन्दाले लालपुर्जा नहुँदा बैंकिङ कारोबार गर्न नसक्दा समस्या भोग्नुपरिरहेको बताउँनुहुँदै यहाँका बस्तीहरू अस्थायी पुर्जाका भरमा बसोवास गरिरहेकाले लालपुर्जाको व्यवस्था गर्नुपर्ने दुखेसो गर्नुभयो ।


बिहीबार जनतासँग सभामुख कार्यक्रमका लागि पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौर पुग्नुभएका सभामुख राजबहादुर शाहीलाई त्यहाँका स्थानीय बासिन्दाले बालबिवाहका समस्या, यौन तथा प्रजनन स्वास्थ्यमा निति, सुकुम्बासी समस्या समाधान, बाढीपीडितको बसोवासको व्यवस्था र छाउपडी प्रथा हटाउने विषयमा प्रश्न गर्नुभएको छ ।

बालबिवाह सम्बन्धि कानुन बनाएपनि यसको कार्यान्वयन हुन सकेको छैन र दिनदिनै बालबिवाह बढ्दै गईरहेको अवस्था छ । यसका लागि प्रदेश सभाले कस्तो कानुन बनाउँदैछ?’ बराहताल गाउँपालिका की लक्ष्मी पुनले यो प्रश्न गर्नु भयो ।

बराहताल गाउँपालिका–८ कि खगिसरा बास्तोलाले महिलाहरु महिनावारी भएको बेला कहिले सम्म छाउमै बस्ने? हामी महिनावारी भएका बेला स्वतन्त्र रुपले आफ्नो घर बस्ने कानुन कहिले बन्छ त? यो प्रश्न गर्दा जवाफमा सभामुख शाहीले भन्नुभयो ‘छाउपडीलगायतका महिलामाथि हुने हिंसाहरु मैले पनि देखेको छु, यसको अन्त्यका लागि कानुन निर्माणमा भूमिका खेल्छु ।’

जनज्योति माध्यामिक विद्यालयमा अध्ययरत भावना मस्र्याङी मगरले सभामुखलाई सोध्नुभयो ‘सभामुखज्यू, तपाईं कुन पार्टीको हो ? संसद्मा राजनीतिक पार्टीको छाया पर्छ कि पर्दैन ?’ जवाफमा सभामुख राजबहादुर शाहीले सभामुख निर्वा्चित भएसँगै पार्टीको सदस्यता त्यागेको र दलको छायाँ संसद्मा नपर्ने बताउनु भयो । ‘म पनि राजनीतिक दलबाट निर्वा्चित भएको हुँ,’ उहाँले , ‘निर्वा्चित भएकै दिनदेखि मैले दलको सदस्यता त्यागेको छु ।’

‘सभामुखज्यू, हाम्रो घर बाढीले बगाएको ६ वर्ष बित्यो । अब हामी कहिले घरमा बस्न पाउँछौँ ?’ बराहताल–५ की प्रतिमा मस्र्याङी मगरले प्रश्न गर्नुभयोे, ‘बाढीले घरबार बगायो,वर्षौँदेखि लालपुर्जाविहिन भएका छौँ । राहत दिन सरकारले लालपुर्जा खोज्छ । हामीले लालपुर्जा कहाँबाट ल्याउने ?’ मगरले ६ वर्षदेखि पालमुनि जीवन बिताउन बाध्य बाढीपीडितको समस्या समाधान गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

कर्णाली फाउन्डेसनले आयोजना गरेको ‘जनतासँग सभामुख’ कार्यक्रममा बराहतालका नागरिकले स्थानीय समस्या समाधानका लागि पहल गर्न सभामुखलाई आग्रह गरेका हुन् । सरकार र संसद्मा नागरिकको पहुँच बढाउन कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो ।

यस्तै कर्णाली प्रदेशसभाले हालसम्म २२ वटा कानुन निर्माण गरेको सभामुख राजबहादुर शाहीले जानकारी दिनु भएको छ । उहाँले हालसम्म २२ वटा कानुन प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुखमार्फत प्रमाणिकरण भएको बताउनु भयो । उहाँले चार वटा कानुन निर्माणको प्रक्रियामा रहेको बताउनु भयो । ‘चार वटा कानुनहरु विभिन्न समितिहरुमा छलफलका क्रममा छन्’ उहाँले भन्नु भयो, ‘अब छिटै ति कानुनहरु पनि पारित हुन्छन् ।’

उहाँले दुई वटा कानुनहरु संसदमा दर्ता रहेको छ अवको प्रदेशसभा बैठकमा टेबुल गरिने जनाउनु भयो । सभामुख शाहीले एउटा कानुन सरकारलाई फिर्ता गर्न लागिएको बताउनु भयो । ‘प्रदेश सरकारको अधिकार क्षेत्रभित्र नपर्ने भएकाले एउटा कानुन सरकारलाई फिर्ता गर्ने तयारीमा छौं’ उहाँले भन्नु भयो, ‘एकल अधिकारका अधिकांस कानुनहरु हामीले निर्माण सम्पन्न गरिसकेका छौं ।’

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
11 Shares
Tweet
Pin
Share