• schedule मङ्लबार, साउन ७, २०७६

    घुससहित पक्राउ परेका वन अधिकृतस‌ंग थप साढे ५ लाख भेटियो

    २९ असार २०७६, आईतवार १३:२७

    Sharing is caring!

    सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले शुक्रवार चार लाख घुससहित पक्राउ गरेका डिभिजन वन कार्यालय सुर्खेतका बरिष्ठ वन अधिकृत भक्तबहादुर लामासंगबाट थप साढे पाँच लाख रकम भेटाएको छ ।

    काठ व्यवसायीलाई छुट पुर्जीको म्याद थप गराइदिने भन्दै चार लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका लामाको निजी निवासको दराजमा थप साढे पाँच लाख रकम भेटिएको हो । अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले वन कार्यालयकै माथिल्लो तलामा रहेको प्रमुख लामाको निवासमा अनुसन्धान गर्दा साढे पाँच लाख रकम थप भेटिएको बताउनुभयो । पक्राउ परेका लामाले उक्त रकमका बारेमा कुनै स्रोत नखुलाएकोले उक्त रकम पनि अख्तियारले लिएर आएको छ । सूचना अधिकारी सापकोटाका अनुसार घुसहित पक्राउ पर्नुभएका प्रमुख लामालाई शनिवार अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ ।

    शुक्रवार कानुनी प्रक्रिया मिलाउँदा ढिलो भएकोले शनिवार मात्रै पठाइएको हो । सुर्खेतबाट दिउँसो २ बजे नेपालगन्ज पठाइ त्यहाँबाट साँझ ५ बजेको जहाजबाट काठमाडौं पठाइएको जानकारी उहाँले दिनुभयो । घुस रकम चार लाखसहित थप भेटिएको साढे पाँच लाख रकमको बारेमा पनि अव अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंमै अनुसन्धान थालिने उहाँको भनाइ छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com