• schedule बिहिबार, कार्तिक २८, २०७६

    छायाँनाथ राराको पाँचौं नगर सभा

    २८ असार २०७६, शनिबार १९:३१

    Sharing is caring!

    मुगु । छायाँनाथ रारा नगरपालिकाको पाँचौं नगर सभा आज बाट शुरु गरिएको छ । नगर सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाले नगर क्षेत्रका बढी भन्दा बढी जनताको भावनालाई सम्बोधन हुने खालको बजेट आउनु पर्ने धाराणा ब्यक्क्त गर्नु भयो ।

    प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरले नेपालको संविधान २०७२ अनुसार देश संघीय संरचनामा गईसकेपछि संघीय भावना र मर्म अनुसारको बजेट नगरले ल्याउनु पर्ने बताउनु भयो ।

    उद्योग बाणिञ्ज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले नगर सभाले टुक्रे योजना भन्दा ठूला र गौरबका योजनामा जोड दिनु पर्ने बताउनु भयो । नागरिक सञ्जालका अध्यक्ष चित्र बहादुर मल्लले नगर आम नागरिकलाई चित्त नबुझ्ने नीति तथा कार्यक्रम नआए खवरदारी गर्ने धारणा ब्यक्त गर्नु भयो ।

    पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले कुनै राजनैतिक पूर्वाग्रहीमा नरही नगरको विकासको लागि नगर प्रमुख, वडा अध्यक्षहरु लगायत नगर सदस्यहरु एक ठाउँमा रही समग्र नगरको हित हुने खालको नीति तथा कार्यक्रम र बजेट विनियोजन हुनु पर्ने बताउनु भयो ।

    नगर प्रमुख हरिजङ्ग शाहीले नगरको विद्यमान ऐन नियमको परिधिमा रही नगर क्षेत्र भित्रका गरिब, दलित, महिला तथा उत्पिडनमा परेका समुदायको भावनालाई समेट्ने खालको नीति तथा कार्यक्रम प्राथमिकतामा रहेको बताउनु भयो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares