बुधबार, साउन १३, २०७८

पिना गाउँका १४ घर पहिरोको उच्च जोखिममा

२८ असार २०७६, शनिबार १२:३७
100 Shares

मुगु । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ साहनि वाडाका १४ वटा घर पहिराको उच्च जोखिममा परेका छन् ।
भारी वर्षाका कारण गाउँ माथिको सडकमा बग्ने भल सिधै गाउँमा पस्न थालेपछि पिना गाउँ साहनी बाडाका २६ घर मध्ये १४ घर पहिरोको उच्च जोखिममा परेका हुन् ।

सडकमा बग्ने पानीलाई व्यवस्थित गर्नका लागि सडक डिभिजन कार्यालय जुम्लालाई पटक पटक आग्रह गर्दा पनि कुनै चासो नदिएको छायाँनाथ रारानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरिचन्द्र शाहीले आरोप लगाउनु भयो ।

कर्णाली राजमार्ग अन्तर्गत घुच्ची देखि पिना खण्डको १६ किलोमिटर सडक मर्मतको लागि २०७५ जेठ महिनामा सडक डिभिजन कार्यालय जुम्लाले संकर माली एण्ड फिउचर स्टार निर्माण कम्पनी काठमाडांैसँग रु १÷१ करोड रुपैयाँ लागतमा २ वटा ठेक्का सम्झौता गरेका थियो ।

सम्झौता गरेको समय अवधिमा काम शुरु नगरि लापर्वाही गरेकाले निर्माणको काम केही समय ढिला भएको र साउन महिनामा सडक मर्मतको काम अगाडि बढाईने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख शरण कुमार महताराले बताउनु भयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
100 Shares
Tweet
Pin
Share