सोमवार, साउन १८, २०७८

कञ्चनपुर पुनर्वास घटनाका दोषीमाथि कार्वाही गर्न माग

१२ असार २०७६, बिहीबार १३:३८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुर पुनर्वासमा भएकाे घटनाका दोषीमाथि तत्काल कार्वाही गर्न सरकारसँग माग गर्नु भएकाे छ । नेकपा कार्यकर्ताहरुको आक्रमण परि घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिनु भएका वरिष्ठ नेता पौडेल साे माग गर्नु भएकाे हाे । उहाँले घाइते मध्ये उपचारका लागि काठमाडौं ल्याइएका गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई राजधानीको न्युरो अस्पताल बाँसबारीमा भेटेर स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनु भएकाे हाे ।

मङ्गलबार कञ्चनपुर पुनर्वासमा खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउने क्रममा नेकपाका कार्यकर्ताहरुले काङ्ग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर एकका क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरसचिव विक्रम चन्द, नेता हरेन्द्रसिंह बिष्टका साथै कार्यकर्ता कृष्णबहादुर चन्द र तरुण नेता राम खड्कामाथि आक्रमण गरेका थिए । वरिष्ठ नेता लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनताको नैसर्गिक हकको कत्ति पनि ख्याल नगरी सत्ताको उन्मादमा कांग्रेस कार्यकर्तामाथि आक्रमण गरिएको बताउनु भयाे । उहाँले पुलिस प्रशासनको आडमा कांग्रेस नेता कार्यकर्तामाथि आक्रमण गरि सरकारका मन्त्रीले गुण्डागर्दीको शैली अपनाएको बताउनु भयाे ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share