• schedule बुधबार, मंसिर ४, २०७६

    अर्थ विधेयक पारित

    १० असार २०७६, मंगलवार ०८:४१

    Sharing is caring!

    खस्यौली । प्रदेश नं ५ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६ आज बहुमतले पारित भएको छ । उक्त विधेयकमा विपक्षी दल नेपाली काङ्ग्रेसले असहमति जनाए पनि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

    विधेयक पारित भएसँगै प्रदेश सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । मुख्यमन्त्री तथा आर्थिक योजनामन्त्री शङ्कर पोखरेलले सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रश्तुत गर्नुभएको थियो । यस अघि आइतवार प्रदेश विनियोजन विधेयक २०७६ सर्वसम्मतिले पारित भएको थियो । अर्थ सम्बन्धी विधेयकको जवाफ दिँदै मुख्ययमन्त्री पोखरेलले सिमित विषयमा मात्रै राजश्व प्राप्त गर्ने विषय भएकाले सवारी साधनबाट बढी राजश्व सङ्कलन भएको बताउनुभयो ।

    चलचित्र, नाटकघर, मनोरञ्जनलगायतमा पाँच प्रतिशत कर लाग्ने जानकारी दिनुभयो । घर जग्गा कर रजिष्टे«शन शुल्क वृद्धि नभएको र थप सहुलयित दिन खोजिएको उहाँले प्रष्ट पार्नुभयो । सो अवसरमा विषेश समय माग्दै नेपाल कम्युनिष्ट पार्टीका सचेतक भूमिश्वर ढकालले स्थानीय पालिकाले लगाएको करमा जनगुनासो आएकोले सम्बोधन गरेर कतिपय कर हटाइएको बताउनुभयो ।

    प्रदेशसभा सदस्य कृष्णा केसीले बाँकेको नरेनापुर डुबानामा परेको, घर भत्केको र हुलाकी राजमार्गको पुल तथा कल्भर्टमा समेत क्षति पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य फकरुद्दिन खानले रुपन्देहीको गैडहवा गाउँपालिकाको हसनापुरमा दुई युवतीमाथि सामुहिक बलात्कार भएको घटनाबारे सदनलाई जानकारी गराउँदै दोषीमाथि कारवाहीको माग गर्नुभयो । सो अवसरमा प्रदेशसभा सदस्य दीपेन्द्र पुन मगर, तारा जिसी, अष्टभुजा पाठकलगायतले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares