• schedule बुधबार, मंसिर ४, २०७६

    विरामीलाई रगत पुर्याउनै समस्या

    ४ असार २०७६, बुधबार १४:१४

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालभित्र रहेको ब्लड बैंकलाई विरामीका लागि रगत पुर्याउनैै हम्मे हम्मे भएको छ । विरामीका लागि रगतको खपत बढेपछि बैंकलाई रगत पु¥याउनै कठिन भएको हो ।

    हप्तैपिच्छे हुने रक्तदानले पनि पर्याप्तमात्रामा रगत आपूर्ति हुन नसकेको ब्लड बैंकले जनाएको छ । रक्त संचार केन्द्रका इन्चार्ज दिपेन्द्र केसीले अहिले रगत पुर्याउनै गाह्रो भएको बतउनु भयो । उहाँले अस्पतालमा आउने विरामीका कारण रगतको खपत बढेपछि केन्द्रलाई रगत पुर्याउनै समस्या भएको जनाउनु भयो । अहिले मासिक १०० पिन्ट रगत खपत हुने गरेको छ । केही समय अघिसम्म मासिक ५० देखि ६० पिन्ट रगत खपत हुने गरेकोमा अहिले १०० पिन्ट रगत खपत हुने गरेको इन्चार्ज केसीको भनाई छ ।

    फाइल फाेटाे
    कूल रगतको २५ प्रतिशत सुत्केरीले, २५ प्रतिशत डायलोसिस गर्नुपर्ने विरामीले र बाँकी ५० प्रतिशत अन्य उपचारका लागि विरामीले रगत खपत गर्ने गरेका छन् । प्रदेश अस्पतालमा डायलोसिस सेवा सुरु गरिएपछि पनि रगतको खपत बढेको केन्द्रका इन्चार्ज केसीले बताउनु भयो । रक्तदानमा संकलन गरिएका रगतले केही धान्ने गरिएको र बाँकी रगत आपूर्तिका लागि रक्तदातालाई खोज्न पठाउनु परेको उहाँले बताउनु भयो ।

    रक्त संचार केन्द्रमा विभिन्न रक्तदाताहरुको नाम, ठेगाना र सम्पर्क नम्बरहरु राखिएको छ । रक्त संचार केन्द्रमा जम्मा भएको रगत सकिएको बेला आउने विरामीलाई रक्तदातालाई खोज्न पठाउनु परेको छ । रक्तसंचार केन्द्रलाई विभिन्न सामाजिक संघसंस्थाहरुले गर्ने रक्तदान कार्यक्रमले रगत संकलन गर्न सहज बनाइदिएको छ । स्थापना दिवस लगायतका कार्यक्रममा गरिने रक्तदान कार्यक्रमले आधा रगत संकलन भएको केन्द्रका इन्चार्ज केसीले बताउनु भयो । बेलाबेलामा रक्तदान कार्यक्रम गर्नुपर्ने उहाँको माग छ ।

    यसैवीच नेपाल स्वास्थ्यकर्मी संघले रगतको अभावलाई थोरै भएपनि पूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरेको छ । संघ सुर्खेतका अध्यक्ष उदयबहादुर थापाले रक्तदानबाट १० पिन्ट रगत संकलन गरिएको बताउनु भयो ।

    संघको २९ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले रगतको अभावमा कोही विरामीहरुको मृत्यु नहोस् भन्नका लागि गरिएको रक्तदान कार्यक्रमबाट संकलन गरिएको रगतले धेरै विरामीको ज्यान बचाउने बताउनु भयो । दुर्गममा सेना प्रहरीले रगत दिएर विरामी बचाउने गरेको स्मरण गर्दै रक्त संचार केन्द्रलाई अव अझ विस्तार गर्नुपर्नेमा उहाँको जोड थियो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares