• schedule बुधबार, असार ११, २०७६

    मुगुमा विद्युत सेवा बन्द

    ३० जेष्ठ २०७६, बिहीबार २०:५२

    Sharing is caring!

    मुगु । नेपाल विद्युत प्राधिकरण गमगाड वितरण केन्द्रबाट उत्पादन भई वितरण हुँदै आएको विद्युत सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ ।
    गमगाड जल विद्युत आयोजनाको बालै खाम गाईटे भन्ने स्थानमा विद्युतको नहरबाट पानी चुहिएर पहिरो जान थाले पछि त्यसको मर्मत गर्नु पर्ने भएकाले विद्युत सेवा बन्द गर्नु परेको गमगाड वितरण केन्द्रले जानकारी दिएको छ ।

    नहर चुहिदै गरेको अवस्थामा विद्युत सुचारु गर्दा आधा दर्जन स्थानीयका घर तथा सयौं रोपनी खेती योग्य जमिन बग्ने खतरा देखिएपछि अनिश्चितकालका लागि विद्युत सेवा बन्द गरिएको वितरण केन्द्रले जनाएको छ । नहर चुहिने स्थानमा तत्काल मर्मत गर्नु पर्ने भएकाले अनिश्चितकालका लागि सेवा बन्द गर्नु परेको नेपाल विद्युत प्राधिकरण गमगाड वितरण केन्द्रका प्रमुख शिवप्रसाद पाण्डेले बताए ।

    विद्युत सेवा लामो समयसम्म बन्द हुने भएपछि स्थानीयवासी, सरकारी तथा गैरसरकारी निकाय, उद्योगी, व्यवसायीले विद्युतको विकल्प खोज्न थालेका छन् ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares