• schedule मङ्लबार, साउन ७, २०७६

    मुगुृ–जुम्ला छोटो दुरीको सडक निर्माण शुरु

    २९ जेष्ठ २०७६, बुधबार १७:१३

    Sharing is caring!

    मुगु । मुगु सदरमुकाम गमगढी देखि जुम्ला जोड्ने छोटो दुरीको सडक खन्ने काम शुरु गरिएको छ।

    नेपाल सरकार सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राबिधिक सहयोगमा उक्त मोटर बाटो खन्ने काम शुरु गरिएको हो । यस आर्थिक बर्षमा १ करोडको टेण्डर भई काम अगाडी बढाईएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख शरणकुमार महताराले जानकारी दिए ।

    हाल मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ७ अन्तरर्गत पर्ने पिनाको राताचौर देखि सडक खन्ने काम शुरु गरिएको छ । उक्त सडक गमगढी, पिना, कोटिला र मन्दु हुँदै जुम्लाको चौधबिससम्म खनिने बताइएको छ ।

    डि.पि.आर नगरी सडक खन्ने काम शुरु गरिएको भएपनि तत्काल डि.पि.आरको प्रकृया अगाढी बढाईने सडक डिभिजन प्रमुख महताराको भनाई छ ।
    जुम्ला–मुगु करिब ३० किलोमिटरको दुरी रहेको उक्त सडक सम्पन्न भएपछि गमगढी, गोठीजिउला नाग्म हुँदै जुम्ला पुग्न १ सय २४ किलोमिटरको दुरी पार गरि जुम्ला पुग्नु पर्ने बाध्यता हट्ने छ ।

    हाल बन्दै गरेको गमगढी–पिना, कोटिल्ला, मन्दु हुदै जुम्लाको चौधबिससम्म करिब ३० किलोमिटरको दुरीमा पुगिने अपेक्षा गरिएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com