• schedule बुधबार, असार ११, २०७६

    प्रदेश स्तरिय नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रम सम्पन्न

    २८ जेष्ठ २०७६, मंगलवार १८:०७

    Sharing is caring!

    सुर्खेत । राष्ट्रिय युवा परिषदको आयोजनामा जेठ २५ गतेदेखि सुरु भएको प्रदेश स्तरिय नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रम मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । स्थापना र अभ्यास यस कार्यक्रममा युवामैत्री राष्ट्रिय नीति योजना र कार्यक्रम निर्माणका लागि राज्यलाई सुझाव दिई सकारात्मक वातावरण निर्माण गर्ने तवरले कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले बताएका छन् । उनले युवाको सीपविकास तथा व्यक्तित्व विकास मा सहयोग पु¥याउने, युवालाई विषयगत दक्षता हासिल गरी सो क्षेत्रको नेतृत्व र पैरवी गर्न सक्षम बनाउने कार्यक्रमको लक्ष्य रहेको जनाए । उनले यो कार्यक्रमले युवालाई अधिकार र कर्तव्य प्रति सजग गराउँदै राष्ट्रनिर्माणमा उत्प्रेरित गर्न सक्ने बताए ।

    युवा दर्शकहरुका अगाडि युवा सांसदहरुले स्टेजमा आ आफ्नो भुमिका अनुसारका अभ्यास गरेका थिए । संसदीय अभ्यासका क्रममा शुन्य समय¸ विशेष समय¸ प्रश्नोत्तर¸ प्रधानमन्त्रीसंग सिधा प्रश्न¸ युवालाई अनिवार्य रुपमा रोजगारको व्यवस्था गर्नुपर्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव¸ शिक्षालाई गुणस्तरीय र व्यवसायिक बनाउन व्यवस्था गरिएको विधेयक पेश¸ सम्बन्धित विषयगत समितिमा छलफल र पारित¸ संघीय युवा सरकारको तर्फबाट युवा विकासका लागि वार्षिक नीति तथा कार्यक्रम २०७६-०७७ प्रस्तुत गर्ने¸ यसमा व्यापक छलफल गर्ने र यसलाई पारित गर्ने जस्ता क्रियाकलापहरु अत्यन्त रमणीय¸ उत्साहका र कुशलतापूर्वक साथ सम्पन्न भएको थियो ।

    शुन्य र विशेष समयमा नेपाली युवाका समस्या¸ सामाजिक विकृति र विसंगतिको अन्त गर्नुपर्ने¸ युवा पलायनलाई रोक्नुपर्ने¸ युवाका क्षेत्रमा लगानी बढाउनुपर्ने हरेक नीति निर्माण तहमा युवाको सार्थक सहभागिता सुनिश्चित गरिनुपर्ने सामुदायिक र नीजी विद्यालय बीचको खाडल अन्त गर्नुपर्ने हरेक स्थानीय तहमा सुविधासम्पन्न खेलमैदान हुनुपर्ने¸ जस्ता विषय उठान गरिएका थिए ।

    यसरी यो संसदीय अभ्यासमा युवाका सवाल र मुद्दा¸ यसका समस्या¸ संभावना र अवसरका वारेमा व्यापक वहस छलफल तथा विचारको मन्थन गर्ने र युवाहरुबाटै यसको समाधानको विकल्प छनौट गर्ने कामको थालनि भएको छ । यसबाट युवामा थप आत्मविश्वास जागृत हुनुका साथै भविष्यमा एउटा जनप्रतिनिधि एवं विधायकको रुपमा प्रभावकारी भुमिका खेल्नका लागि अनुकुल वातावरण निर्माण भएको कुरा स्वयं सहभागीहरुले बताएका छन् ।

    यसबाट भविष्यमा एउटा असल¸ आचरणयुक्त¸ जिम्मेवार¸ विज्ञ एवं अनुभवी जनप्रतिनिधि पाउने कुरामा उपस्थित व्यक्तिको विश्वास रहेको थियो । युवाले अवसर पाएमा निकै कठीन र जिम्मेवार काम पनि सम्पन्न गर्न सक्छन् भन्नेकुरा यस अभ्यासबाट पुष्टि भएको छ ।

    कार्यक्रममा मन्त्रिपरिषदको गठनमा प्रधानमन्त्री – सरगम रावत, सभामुख – विशाल विष्ट लगाएतले आ आफ्नो भुमिका निर्वाह गरेका थएि ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares