• schedule बुधबार, असार ११, २०७६

    सानो कुरामा पनि चित्त नबुझेमा उजुरी दिने प्रवृत्ति

    २६ जेष्ठ २०७६, आईतवार १६:३१

    Sharing is caring!

    सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जुन आयोजनामा बढी बजेट, त्यहीमा उजुरी पनि बढी पर्ने गरेको छ । बजेटकै कारण उजुरी बढी पर्ने गरेको आयोगले पनि स्वीकार गरेको छ । आयोगको सुर्खेत कार्यालयमा पनि बजेट बढी हुने योजनामा बढी नै उजुरी परेको जनाएको छ ।

    आयोगको सुर्खेत कार्यालयमा चालु आवको बैशाख मसान्तसम्म कूल ८७८ वटा उजुरी परेकोमा ३७० वटा फछ्र्यौट भएको छ । अझै ५०८ वटा बाँकी छन्।

    चालु आर्थिक बर्षमा परेका उजुरीमाथि अनुसन्धान गर्दै जहाँ बढी बजेट छ, त्यसैमा बढी उजुरी परेको कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए । आयोगमा प्रदेश राजधानी सुर्खेतको मात्रै परेको २४६ वटा उजुरीमा १०९ वटा फछ्र्यौट भएको र बाँकी १३६ उजुरी अनुसन्धानका क्रममा रहेको उनले जनाए ।

    विगतका बर्ष झैं चालु आर्थिक बर्षमा पनि धेरैजसो उजुरी संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको अख्तियारको तथ्यांकमा उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको २७९ वटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको २४६, वन तथा वातावरण अन्तर्गतको ८७ वटा उजुरी कार्यालयमा परेको छ ।

    यस्तै खानेपानीका ३३, भौतिक पूर्वाधार तथा यातायातको ४०, स्वास्थ्य तथा जनसंख्याको ४७, ऊर्जा, जलस्रोत तथा सिंचाईको ५७ वटा उजुरीहरु परेका छन् । यी मन्त्रालयबाट हुने विकास निर्माणका काममा आउने बजेटका कारण बढी उजुरी परेको मन्त्रालयको बुझाइ छ । विकास निर्माणका लागि हुने योजनाहरुका विरुद्ध बढी उजुरी पर्ने गरेको सूचना अधिकारी सापकोटाले बताए । बजेट धेरै हुने योजनाहरुमा सवैको नजर पर्ने हुँदा सानो कुरामा पनि चित्त नबुझेमा उजुरी दिने प्रवृत्ति छ, उनले भने ।

    चालु आवको बैशाख मसान्तसम्म ३७० वटा उजुरी फछ्र्यौट भएका छन् । फछ्र्यौट गर्ने क्रममा अनुसन्धान गर्दा व्यक्तिगत रिसिवी, राजनीतिक पूर्वाग्राह, प्रमाणहरु पूरा नभएको जस्तो फेला परेको सूचना अधिकारी सापकोटाले बताए । यसका साथै कुनै विशेष योजनामा अनियमितता भएको भनेर उजुरी नदिने, समग्र सवै आयोजना विरुद्ध उजुरी दिँदा अनुसन्धानमा ढिलाइ र समस्या थपिने गरेको उनको भनाइ छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares