• schedule बुधबार, असार ११, २०७६

    कर्णाली प्रदेशमा ५ सय एचआइभी संक्रमित

    २५ जेष्ठ २०७६, शनिबार १२:२३

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेशमा ५ सय भन्दाबढि एचआइभी संक्रमित रहेका छन् । जसमध्ये सुर्खेत र दैलेखमा एचाआइभी संक्रमितको संख्या बढि देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएपछि कर्णाली प्रदेशका एचआइभी संक्रमितहरु खुलेरै सेवा लिन आउन थालेका छन् । एचआइभी संक्रमित मध्ये प्रदेश अस्पताल सुर्खेतमा २ सय २५ जना संक्रमित एआरभी (एनटी रेट्रोभाईरल) उपचार लिन आउने गरेका छन् । रोजगारीका लागि छिमेकी देश भारत जाने र आउँदा संक्रमित भएर आउने भएकाले यो प्रदेशमा बढि देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत विनोद आचार्यले खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानमा जाने र नेपाल फर्किने गर्दा संक्रमित बढेको र गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन पछि उनीहरु गाउँ समाजमा खुल्न थालेको उनले बताए । उनका अनुसार एचआइभीको संक्रमण महिलाहरुमा पनि देखिएको छ । गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षणबाट उनीहरुमा संक्रमण देखिएपछि बच्चामा संक्रमण नहुने गरि उपचार गरिने गरेको छ । सुर्खेतमा गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गर्दा वार्षिक ७ जनामा एचआइभीका संक्रमण देखिने अधिकृत आचार्यले बताए ।

    प्रदेश अस्पतालमा एचआइभी संक्रमितको रगतमा भाइरसको संख्या चेकजाँच गर्ने उपकरण नभएकाले काठमाडौं पठाउनु पर्ने भएकाले एचआइभी संक्रमितलाई समस्या परेको गुनासो छ ।

    नवकिरण प्लस सुर्खेतका कार्यक्रम संयोजक देवेन्द्र पाठकले भित्रभित्रै समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जाने क्रम बढ्न थालेको बताए । उनका अनुसार महिलाहरुको पहिलो गर्भावस्था चेक गराउदा एचआइभी परिक्षण अनिवार्य गरिएको र यो सेवा सवै जिल्ला तथा स्वास्थ्य चौकीहरुमा उपलब्ध रहेकोे छ ।

    प्रदेश अस्पताल सुर्खेतमा एआरटी (एनटी रेट्रो भाईरल थेरापी) सेवा संचालन गरेपछि संक्रमति सेवा लिन आउनकोे संख्या बढ्दै गएको छ । अधिकांश स्थानियभन्दा अन्य जिल्लाबाट संक्रमित आउने गरेका हुन ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares