• schedule बुधबार, असार ११, २०७६

    जैविक मलमा किसानको बढ्दो आकर्षण

    १४ जेष्ठ २०७६, मंगलवार १४:५२

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेशमा रासायनिक मलले माटोको उर्वराशाक्ति ह्रास हुँदै गएपछि किसानहरुले जैविक मलको प्रयोग गर्न थालेका छन् । खेतबारीमा लाग्ने रोग किरा गाउँघरमै पाइने वनस्पतिबाट मार्न सकिने भएकाले धेरै गाउँमा जैविक मल प्रयोग गर्न किसानहरुको आकर्षण बढेको हो ।

    रासायनिक विषादीहरुले सुरुका केही वर्षहरुमा उत्पादन बढाएपनि विस्तारै माटोको उबर्रा शक्ति हराउने र माटोको अम्लियपन बढ्न थालेपछि रासायनिक मल छोडेर घरायसी रुपमा बनेको जैविक झोल मल प्रयोग गर्न जैविक मल तथा किटनाशक प्रयोग गर्न थालेका हुन् । किसानहरुको माग अनुसार जैविक मल तथा किटनाशक उत्पादन हुन नसकेको वीरेन्द्नगर नगरपालिका कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । कृषि विकास कार्यालयमा मल लिन आउने कृषकलाई जैविक मल प्रयोग गर्न सिफारिससमेत गरिने गरेको प्राविधिक विनोद कंडेलले बताए । उनले जैविक मल प्रयोगसहित किटनाशक प्रयोग गर्न किसानहरुलाई सिकाउने समेत गरिएको बताए ।

    प्रदेश सरकारले कर्णाली प्रदेशलाई अर्गानिक बनाउने भनेपछि किसानहरुलाई कुनै पनि रासायनिक मल प्रयोगकालागि सिफारिस नगरिएको उनले बताए । जैविक मल किसानले खोजेको वेला सहजै नपाइने र प्रयोग गर्न झन्झटिलो हुने भएपनि रासायनिक मलको साटो जैविक मलनै प्रयोग गर्नुपर्छ भनेर सिकाउने गरिएको छ । जैविक मल प्रयोग गर्दा धेरै रोगका किटाणुहरुको संक्रमण हुने गरेपनि जैविक किटनाशक प्रयोग गरे त्यसको निवारण हुने प्राविधिक कंडेलको भनाई छ ।

    बजारको फोहरलाई मोहोर बनाउने उद्देश्यले जैविक मल उत्पादन गर्न झण्डै एक करोडको मेसिनसमेत राखिएको छ । सुर्खेतको ग्रिन सिटी सेनिटरी नेपालले वीरेन्द्रनगर ९ लाटीकोइलीमा मेसिनबाट जैविक मल उत्पादन गरिन्छ । वजारबाट निस्किएको कुहिने फोहरलाई सुकाएर र मेसिनबाट कम्पोष्ट गरि ४५ दिनसम्ममा मल उत्पादन हुने ग्रिन सिटी सुर्खेतले जनाएको छ ।

    जैविक मलको माग बढ्दै गएपनि आवश्यक मल उत्पादन गर्न नसकिएको ग्रिन सिटीका संचालक शसि केसीले बताए । किसानको माग जति उत्पादन गर्न थप उपकरण आवश्यकता पर्ने भएकाले भने जस्तो जैविक मल तथा किटनाशक उत्पादन हुन नसकेको उनले बताए । उनले भने, ‘वीरेनद्रनगर बजारमा कुहिएको फोहरलाई व्यवस्थापन गर्नका लागि यसको सदुपयोग गर्न तर्फ हामी लागेका हौ ।’ उनी थप्छन् ‘वीरेन्द्रनगर बजारमा ८७ प्रतिशत कुहिने चिजको उत्पादन हुन्छ अझै त्यो सबै हामीले सदुपयोग गर्न सकिरहेका छैनौ ।’ कुहिने चिजको मल उत्पादनका निमित्त आफुहरु लागिपरेको उनी बताउँछन् । उनले मल लिनका लागि किसानहरु स्वयंम आफुँकहाँ आउने गरेको बताए ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares