• schedule मङ्लबार, भदौ ३१, २०७६

    एपिएफले १२६ रनको लक्ष्य पायो

    १३ जेष्ठ २०७६, सोमबार १४:३५

    Sharing is caring!

    काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबाई जितका लागि १२६ रनको चुनौती दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । उसका लागि लोकेस बमले सर्वाधिक ३० रनको योगदान दिँदा विपीन रावलले २१ रन जोडे ।

    त्यसैगरी खडक बोहोराले १९, रोशन अधिकारीले १६, कप्तान शेर मल्लले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।  प्रतियोगितामा एपिएफका अभिनाश बोहोराले दुई विकेट लिए भने पृथु बाँस्कोटा, शरद भेषवाकर र भुवन कार्कीले समान एक एक विकेट हात पारे ।

    प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख पाउनेछ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares