• schedule बुधबार, असार ११, २०७६

    महादेवले जिते १४ किलाेमिटर म्याराथुनको उपाधि

    १३ जेष्ठ २०७६, सोमबार ११:०५

    Sharing is caring!

    मुगु । मेयरकप अन्तर्गत म्याराथुन दौडमा नेपाल प्रहरीका महादेव साउदले प्रथम उपाधि जितेका छन् ।

    छायाँनाथ रारा नगरपालिकाद्वारा गत मंगलवार देखि संञ्चालित प्रथम मेयरकप अन्तर्गत साेमबार बिहान भएकाे १४ किलोमिटर म्याराथुन दौड प्रतियोगितामा नेपाल प्रहरीका साउदले ५० मिनेट ४८ सेकेण्डमा पार गरी प्रथम उपाधि जितेका हुन् ।

    यसैगरी छायाँनाथ रारा नगरपालिका वडा नम्बर १ का रमेश मल्लले ५१ मिनेट २२ सेकेण्डमा निर्धारित दुरी पार गरि द्धितीय भएका छन् भने ५१ मिनेट ३० सेकेण्डमा छायाँनाथ रारा नगरपालिका वडा नम्बर २ का हरिमुन भण्डारी तृतीय भएका छन् ।

    ५२ मिनेट ५२ सेकेण्डमा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १ का रामकुमार मल्ले चौंथो स्थान प्राप्त गरेका छन् । भने पाँचौ स्थानमा छायाँनाथ रारा नगरपालिका वडा नम्बर ३ का कर्णजङ्ग रोकायाले ५२ मिनेट ५९ सेकेण्डको समयमा निर्धारित दुरी पार गरेका हुन । जम्मा ४८ जना खेलाडीले दौड प्रतियोगितामा भाग लिएका थिए ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares