• schedule मङ्लबार, साउन ७, २०७६

    कामिरिताको नयाँ किर्तिमान

    १ जेष्ठ २०७६, बुधबार ११:५४

    Sharing is caring!

    काठमाडौं । कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् । सोलुखुम्बुको थामे गाउँका ४९ वर्षीय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक २२ औं पटकको विश्वकिर्तिमानलाई तोड्दै २३ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

    कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा आज बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागले जनाएको छ । उनले सेभेन समिट ट्रेक्स कम्पनीबाट आरोहण गरेका हुन् ।

    सोलुखुम्बुका कामीरितासँगै वाङ्दी शेर्पा र केही विदेशीले समेत सगरमाथाको सफल आरोहण गरेका छन् । कामीरिता यसपटक विदेशी आरोहीका लागि हाई अल्टीच्युट गाइड तथा लिडरको जिम्मेवारी लिई सगरमाथा चढेका थिए ।

    सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताउदै आएका छन् । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com