• schedule मङ्लबार, साउन ७, २०७६

    सुडानकाे संकट समाधान तर्फ

    १ जेष्ठ २०७६, बुधबार ११:४६

    Sharing is caring!

    सुडान । सुडानको संक्रमणकालीन सैन्य परिषदले तीन वर्षभित्र नागरिक सरकार निर्माण गर्नको लागि विपक्षी दलहरूसँग सहमति भएको घोषणा गरेको छ ।
    उक्तघोषणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सेनाका अधिकारीहरू विपक्षी गठबन्धनका प्रतिनिधिहरूसँगै देखिएका छन् । लेफ्टिनेन्ट जनरल यासेर अल अटाले अब विधान परिषद गठन हुने र त्यसमा विपक्षी गठबन्धनको पनि दुई तिहाइ सिटहरू रहने बताए ।

    सत्ता बाडफाँटका विषयमा २४ घन्टाभित्र सम्झौतामा हस्ताक्षर हुने भनिएको छ । राष्ट्रपति ओमार अल बाशिर सत्ताच्युत गरिएपछि सुडानमा सैन्य परिषद्ले शासन गरिरहेको छ । त्यसअघि प्रदर्शनकारीहरूले तत्काल नागरिक सरकार गठनको माग गर्दै प्रदर्शनहरू चर्काएका थिए । प्रदर्शन भने अझै रोकिएको छैन् । खार्तुममा प्रदर्शन रोक्न गरिएको कारबाहीमा मंगलवार मात्रै कम्तीमा छ जनाको ज्यान गएको छ । एजेन्सी

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com