• schedule मङ्लबार, साउन ७, २०७६

    खोप कार्यक्रम प्रभावित हुने

    ३१ बैशाख २०७६, मंगलवार १९:२८

    Sharing is caring!

    काठमाडौँ । स्वास्थ्यका कर्मचारी समायोजनले खोप कार्यक्रम प्रभावित हुने देखिएको छ । विसं २०४८ मा बनेको खोपका कर्मचारी दरबन्दीलाई समायोजन प्रक्रियाले अन्त्य गरिदिएपछि राष्ट्रिय प्राथमिकता प्राप्त खोप कार्यक्रम अगामी दिनमा कसरी अगाडि बढ्छ भन्ने थप अन्यौलता बढेको हो ।

    पछिल्लो समय बालस्वास्थ्य महाशाखाअन्तर्गतको खोप शाखा नै खारेजीमा परेको छ । शाखामा कार्यरत तालीम प्राप्त अनुभवी खोप सुपरभाइजर कर्मचारी अन्यत्र पदस्थापन हुने भएपछि खोप कार्यक्रम सञ्चालनमा पर्न लागेको स्वास्थ्यकर्मीको गुनासो रहेको छ ।

    यसअघि आपूर्ति व्यवस्थापन महाशाखा र खोप शाखाअन्तर्गत खोप सुपरभाइजर तथा खोप सुपरभाइजर कोल्डेन अधिकृतको दरबन्दी रहेको थियो । “कर्मचारी
    समायोजनले ती महाशाखा तथा शाखाअन्तर्गत कार्यरत अनुभवी कर्मचारीको पदस्थापन अन्यत्र हुने भयो । नयाँ आउने कर्मचारीलाई व्यवस्थापन गर्न लामो समय लाग्छ । यसले खोप कार्यक्रमलाई नै असर पर्न सक्छ ।” खोप सुपरभाइजर ओम उपाध्याय नेपालले भने ।

    खोप सुपरभाइजरले अन्तर्राष्ट्रिय क्षेत्रबाट खोप प्राप्त गर्ने, अनुकूल भण्डारण, वितरण तथा अभिलेखीकरण गर्ने कार्यमा सहजीकरण गर्ने गर्दछन् । हाल स्वास्थ्य
    तथा जनसङ्ख्या मन्त्रालयले ११ प्रकारका खोप बालबालिकालाई लगाउँदै आएको छ ।

    साथै गर्भवती आमालाई समेत खोप लगाउँदै आएको छ । वर्षेनी एक वर्षमुनिका करीब सात लाख बालबालिकाले खोप प्राप्त गर्दछन् । नेपालमा
    व्यवस्थितरुपमा विसं २०३५ देखि खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालको खोप कार्यक्रम दक्षिण एशियामा उत्कृष्ट मानिएको छ । खोपका
    कार्यक्रमका कारण दादुरा, निमोनिया, जापानीज इन्सेफलाइटिसबाट हुने मृत्यु उल्लेख्य घटेको छ । मातृ तथा नवजात शिशुमा हुने धनुष्टङ्कार रोगको
    निवारणसमेत भएको उनले जानकारी दिए । निमोनिया लहरेखोकीलगायतका रोग उल्लेख्य घटेका छन् ।

    विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोषले खोप कार्यक्रम सञ्चालनका विश्वव्यापीरुपमा कार्यान्वयनमा ल्याएको प्रभावकारी खोप
    व्यवस्थापन संयन्त्रअनुसार खोप कार्यक्रम नेपालमा सञ्चालन हुने गर्दछ । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com