• surkhet online bazar
  • schedule सोमवार, जेष्ठ ६, २०७६

    राजधानीको माग गर्दै संसद् अवरुद्ध

    ३१ बैशाख २०७६, मंगलवार ०७:१८

    Sharing is caring!

    हेटौँडा । प्रदेश नं ३ को चौथो वर्षे अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दलले अवरुद्ध गरेको छ । वर्षे अधिवेशनको पहिलो बैठकमा हिउँदे अधिवेशनमा नै टुङ्गीनुपर्ने राजधानीको विषयमा टुङ्गो नलागेका कारण संसद् अवरुद्ध गरेको हो ।

    बैठकको सुरुआतमा आफ्नो धारणा राख्ने क्रममा सत्तापक्षका उपनेता तथा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले राजधानी तोक्न अब ढिला गर्न नहुने भन्दै यो राजनीतिक बिषय भएको बताए । उनले प्रदेशको राजधानीले ठूलो प्रभाव पार्ने भन्दै यसलाई सहमतिमा नै टुङ्ग्याइने बताए । मन्त्री जम्कट्टेलले नयाँ व्यवस्थासँंगै नयाँ कानूनको अभावले जनताले चाहे अनुरुप कार्य नभएको र कानूनहरु बनिसकेको र बन्नेक्रममा रहेकाले जनताले चाहेको समृद्धि ल्याइने धारणा राखे ।

    अधिवेशनलाई शुभकामना दिने क्रममा प्रतिपक्षी दलका नेता ईन्द्र बाँनियाले सरकारले हिँउदे अधिवेशनमा नै राजधानीको विषय टुङ्ग्याउने वचन दिए पनि
    व्यवहारमा लागू नगरिएको भन्दै आक्रोश व्यक्त गरे । साँसदहरु सुरेन्द्रराज गोंँसाई, रीता माझी, रीना गुरुङ र प्रेमबहादुर लामाले सरकारले प्रतिवद्धतामा इमान्दारिता नदेखाएकाले अबका दिनमा त्यसो नगर्न सुझाएका थिए । बैठक पश्चात् पत्रकारको प्रश्नको जवाफ दिँदै प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बाँनियाले अब प्रदेशको राजधानीको विषय प्रवेश नगराएसम्म संसद् अवरुद्ध गरिने बताए । सत्ता पक्षका उपनेता शालिकराम जम्कट्टेलले संसद् अवरुद्ध गरेर समस्याको हल नहुने र यसले द्वन्द्वमात्र निम्त्याउने बताए । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares