• schedule मङ्लबार, साउन ७, २०७६

    प्रदेशलाई सबल र समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री राई

    ३० बैशाख २०७६, सोमबार ०७:४२

    Sharing is caring!

    धनकुटा । प्रदेश नम्बर १ का मुख्य ंत्री सेरधन राईले बिकास र समृद्धीका मुद्दा केन्द्रीत भएर प्रदेश नम्बर १ लाई सबल र समृद्ध बनाउनु पर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको आइतबार उदघाटन गर्दै उनले मुख्यमंत्री राईले साना तिना बिषयमा अल्मलिए प्रदेश समृद्ध नबन्ने भन्दै समग्र प्रदेशको बिकासमा सकारात्मक भएर समृद्ध प्रदेश निर्माणमा सबै केन्द्रीत हुनु पर्ने बताएका हुन् ।

    उनले सबै जिल्ला समृद्ध भए मात्र समग्र प्रदेश समृद्ध हुने भएकोले संघियताको मर्म र भावना अनुरुप सबै जिल्लालाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार गम्भीरताका साथ लागेको उल्लेख गरे । प्रादेशिक राजधानी धनकुटा नभएको बिरोधमा धनकुटामा जारी रहेको आन्दोलनलाई सम्बोधन गर्नुहुदै मुख्यमंत्री राईले धनकुटा लाई मुख्य प्राथमीकतामा राखेर प्रदेश सरकारले काम गरी रहेको बताउँदै धनकुटालाई अन्यायमा पर्न नदिनेमा बिश्वस्त हुन् आग्रह गरेका थिए ।

    प्रदेश सरकारले धनकुटामा स्थापना कार्यलयहरु जनताको आँखामा छारो हाल्ने मात्र नभई पहाडी जिल्लाहरुको प्रमुख शेवा प्रवाह गर्ने केन्द भएकोले बजारमा
    चलेका होहल्लामा नलाग्न सबैलाई आग्रह समेत गरेका थिए । केही दिन भित्रमा नै प्रदेश सरकारको मंत्री परीषदको बैठक धनकुटामा बसी धनकुटा लगाएत
    पहाडी जिल्लाहरुको हितमा थप निर्णय गरिने समेत मुख्यमंत्री राईले बताए ।

    सो अवसरमा संघीय सांसद राजेन्द्र राई, प्रदेशसभा सदस्य ईन्द्रमणी पराजुली, जिल्ला समन्वय समिति प्रमुख टंक चुवान लगाएतले धनकुटामा प्रदेश १ को राजधानी नबनाएकोले धनकुटाको गुनासो । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com