• surkhet online bazar
  • schedule सोमवार, जेष्ठ ६, २०७६

    कर्णाली प्रदेशको आगामी बजेट ३३ अर्ब

    २९ बैशाख २०७६, आईतवार १०:००

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षको सञ्चित कोषमा जम्मा हुन सक्ने रकमसमेतलाई अनुमान गरी ३३ अर्बको बजेट ल्याउने तयारी भईरहेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । जुन चालु आर्थिक वर्षमा ल्याएको बजेटभन्दा झण्डै ५ अर्ब बढी हो ।

    फाइल फाेटाे
    संघीय सरकारको समानिकरण अनुदान ९ अर्ब ८४ करोड ८३ लाख राजश्व बाँडफाँडको ७ अर्व ४४ करोड ४३ लाखको सिलिङ प्राप्त भई सकेकोले त्यसैको आधारमा बाँकी बजेट सरकारले बनाउने मन्त्री ज्वालाले बताए । चालु आर्थिक वर्षमा ९२ करोड बिशेष अनुदान र ८३ करोड समपुरक अनुदान पाएको कर्णाली सरकारले आगामी बर्षमा ३ अर्ब बिशेष र समपुरक अनुदान प्राप्तको लक्ष्यसहित बजेट बनाउन लागेको छ । चालु आर्थिक वर्षको ४ अर्ब बजेट प्रदेश सरकारको सञ्चित कोषमा रहने सरकारको अनुमान छ । चालु आर्थिक वर्षमा ५ अर्ब बढी घाटा बजेट बनाएको कर्णली सरकारले आगामी आर्थिक वर्षमा भने वास्तबिक बजेट मात्र ल्याउने भएको छ ।

    चालु आर्थिक वर्षमा २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएको कर्णाली सरकारले आर्थिक बर्ष सकिन दुई महिना मात्र बाँकी हुँदा समेत झण्डै १५ प्रतिशत बजेट खर्च गरेको छ । तर, बाँकी दुई महिनामा विकास खर्च ५० प्रतिशत बढी गर्ने लक्ष्य रहेको मन्त्री ज्वालाले बताए ।

    पूर्व बजेट छलफल

    कर्णाली सरकारले आगामी बजेटको सिद्धान्त र प्राथमिकतामा बारेमा पूर्व बजेट छलफल सुरु गरेको छ । नागरिक समाज, स्थानीय तह, राजनीतिक दल र विज्ञहरुसंगको छलफल गरी उनीहरुबाट प्राप्त सुझावका आधारमा बजेट निर्माण गर्न छलफल गरिएको बताएको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले हुम्लामा छलफल गरी सकेको र अब विभिन्न बिषयसंग सम्बन्धित विज्ञहरुसंग परामर्श गर्ने योजना बनाएको मन्त्री ज्वालाले बताए ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares