• surkhet online bazar
  • schedule सोमवार, जेष्ठ ६, २०७६

    विश्व नर्स दिवस

    २९ बैशाख २०७६, आईतवार ०७:३१

    Sharing is caring!

    काठमाडौँ । आज विश्व नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत नर्ससहित अन्य स्वास्थ्यकर्मीहरुको सहभागीतामा अभियानमुलक कार्यक्रमहरु गरी नेपालमा पनि यो दिवस मनाउने गरेका छन् । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।

    आधुनिक नर्सिङ पेशाको सुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउन थालिएको हो । नाइटिङगेलले सन् अठ्ठार सय ६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिङ कलेज पनि संचालन गरेकी थिइन् । ‘लेडि विथ दि ल्याम्प’ को उपनामले समेत विश्वमा परिचित फ्लोरेन्सको जन्म सन् अठ्ठार सय २० मे १२ मा ब्रिटेनमा भएको थियो ।

    यसैबीच भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुको माग सम्बोधनका लागि दबाब दिन दुई नर्सले आमरण अनशन शुरु गरेका छन् । आन्दोलनको १६औँ दिन वितिसक्दा पनि माग सम्बोधन नभएको भन्दै आममरण अनुसन सुरु गरिएको हो ।

    आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पोखराकी नर्स जीता बरालले लाजिम्पाटस्थित नर्सिङ सङ्घको भवन र प्रत्यारोपण केन्द्रमै कार्यरत नर्स डिकी शेर्पाले केन्द्रकै भवनमा आमरण अनशन सुरु गरेकी हुन् ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares