बुधबार, जेष्ठ १४, २०७७

आलुको हब दैलेखको गुराँस गाउँपालिका (भिडियाे सहित)

२८ बैशाख २०७६, शनिबार १३:१७
474 Shares

दैलेख रानीमत्ता । बैशाखको गर्मीमा पनि चिसो हावा अनि, बारीमा आलुको हरियालीको मनमोहक एवं रमणीय दृश्य, गुराँस गाउँपालिका दैलेखको यो वेलाको परिचय हो ।

यही परिचयलाई समृद्धिको स्रोत बनाउने योजनाका साथ गाउँपालिकाले अभियान नै थालेको छ । जुन गुराँसवासीका लागि भरपर्दो आम्दानीको स्रोत पनि हो । परम्परागत रुपमा आलु उत्पादन गर्दै आएका कृषकलाई आधुनिक प्रविधि र गाउँमै उन्नत विउ उत्पादन गर्ने अभियानमा गाउँपालिका जुटेको छ ।

गुराँस गाउँपालिकाका ४१ सय घरधुरी मध्ये अहिले १२ सय घरधुरीले व्यवसायीक आलु खेती गर्दै आएका छन् । आलु खेतीलाई व्यवसायीक रुपमा विस्तार गरी २५ सय घरधुरीसम्म पुर्याउने योजना गाउँपालिकाले बनाएको छ ।

सुर्खेत जिल्लासँग सीमा जोडिएको दैलेखको गुराँस गाउँपालिका आलुको हबका रुपमा परिचित छ । आलु लगायतका तरकारी उत्पादन हुने यस गाउँपालिकाका कृषकले वार्षिक १२ करोड बढी आम्दानी भित्त्रयाउने गरेका छन् ।

भिडियाे हेर्नुहाेस्

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe