• surkhet online bazar
  • schedule सोमवार, जेष्ठ ६, २०७६

    लुम्बिनी विश्वकै आकर्षक पर्यटकीय गन्तव्य स्थल

    २६ बैशाख २०७६, बिहीबार ११:१४

    Sharing is caring!

    काठमाडौँ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्न प्रचारात्मक अभियान शुरु गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ अयिभान चलाइएको हो ।

    ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ बारे जानकारी दिन वुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीको सम्पदाको
    संरक्षण र प्रवद्र्धन गरी आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्यले भ्रमण वर्ष अभियान ल्याइएको बताए । उनले यस वर्षको भ्रमण वर्ष
    अभियानमा आन्तरिक पर्यटन प्रवद्र्धन गरिने र त्यसैका आधारमा अन्तर्राष्ट्रिय पर्यटक आकर्षणका लागि प्रवद्र्धनात्मक कार्यक्रम ल्याइने उल्लेख गरे ।

    फाइल फाेटाे
    मुख्यमन्त्री पोखरेलले पर्यटन संस्कृतिको विकास गर्ने उद्देश्यले शुरु गरिएको अभियालने लुम्बिनी आसपासका सम्पदा तथा नजिकका गन्तव्यकोसँगै प्रवद्र्धन गरिने जानकारी दिए । “यो अभियान मात्र हैन, आफैमा ऐतिहासिक सम्पदाको स्थापित गर्ने राष्ट्रिय अभियान भएकाले सफलतापूर्वक सम्पन्न गर्न सबैको सक्रियता जरुरी छ,” उनले भने ।

    प्रदेश नं. ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनीको आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विदेशी पर्यटकको आकर्षण गरी
    उनीहरुको बसाइँ अवधि लम्ब्याउने उद्देश्यले आयोजित अभियानले संघीय सरकारले घोषणा गरेको भ्रमण अभियानलाई सफल बनाउन महत्वपूर्ण आधार तयार गर्ने उल्लेख गरे ।

    लुम्बिनीमा आगामी जेठ ४ गते विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ आयोजित अभियानअन्तर्गत मायादेवी प्रसूति उत्सव, लम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिक यात्रा, योग तथा स्थानीय शिविर र स्थानीय उत्पादनको विक्रीकक्ष रहने आयोजकले जनाएको छ ।

    सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई आधार प्रशस्त गर्ने, पर्यटनमार्फत समृद्धि हासिल गर्न टेवा पुग्ने, लुम्बिनी आउने पर्यटकको
    बसाई अवधि लम्ब्याउने तथा गौतमबुद्धको जन्मस्थल तथा बौद्ध दर्शन तथा शान्तिको उद्गम स्थलका रुपमा प्रचारी गरी लुम्बिनीलाई महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने भ्रमण वर्षको उद्देश्य रहेको छ ।

    यसबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा लुम्बिनी क्षेत्रको प्रचार भई महत्व र विकास बढ्नुका साथै लुम्बिनी आउने पर्यटक बढ्ने, स्थानीय व्यापार प्रोत्साहन
    र रोजगारीको सिर्जना हुने अपेक्षा गरिएको छ । अभियानलाई प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष, लुम्बिनी
    भ्रमण वर्ष सचिवालय, स्थानीय तह, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरुको सहकार्य रहेको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares