• surkhet online bazar
  • karnali states student admission campaign
  • schedule बुधबार, बैशाख ११, २०७६

    दिलिप र प्रियंकाको पहिलो म्यूजिक भिडियो “पशुपतिमा सुनैको गजुर”

    २ बैशाख २०७६, सोमबार ०७:५०

    नेपाली चलचित्र जगतका ख्याति प्राप्त नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको यो पहिलो म्यूजिक भिडियो हो।यस गीतलाई चलचित्र क्षेत्रका एक्सन डाइरेक्टर चन्द्र पन्तले डिरेक्सन गरेका छन् ।

    संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन हुने बेलामा कान्छा कान्छीको माया कति मिठो हुन्छ अनि कर्के नजरले कसरी लठ्ठ वनाउछ भन्ने कुरा हेर्न र अनुभव दिलाउने यस भिडियो २०७६ नयाँ बर्षकै दिन पारेर बजारमा ल्याईएको छ।
    दिलिप रायमाझी र प्रियकां कार्किका छुटाछुटै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयां म्युजिक भिडियोमा छमछमि नाच्ने र नचाउने गित र संगितमा पहिलो पटक देख्न सकिन्छ ।

    यस गीतलाई पहिलो नेपाल आईडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपाली गीत संगितमा आफुलाई चम्काईरहेकी गायिका मेलिना राईले स्वर दिएर संगितका पारखिहरू मनमुग्द बनाउने निश्चित छ। दुर्गा खनाल घिमिरेको शब्दलाई बसन्त सापकोटाले मिठो संगित दिएको छन।

    नेपाली तथा भोजपूरी चलचित्रमा एक्सन डिरेक्सन गरेर आफ्नो नाम चम्काउन सफल चन्द्र पन्तले पहिलो पटक म्युजिक भिडियोमा डिरेक्सन गरेर सबैको मन जित्ने प्रयास गरेका छन। भिडियोलाई अहिले का व्यस्त र सफल गंभिर बिष्ट ले कोरियोग्राफी गरेका छन भने D4 Creation ले यस म्युजिक भिडियो लाई युटुव च्यानल मार्फत नयां बर्ष २०७६ को कोसेलीको रूपमा दर्शक श्रोता को बिचमा ल्याएको छ ।

    भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe