• schedule मङ्लबार, साउन ७, २०७६

    सभापति देउवाद्वारा जनसम्पर्क बढाउन निर्देशन

    २ बैशाख २०७६, सोमबार ०७:४१

    Sharing is caring!

    धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क बढाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस कैलालीले प्रकाशन गरेको वार्षिक भित्ते पात्रोको आइतबार यहाँ विमोचन गर्दै पूर्वप्रधानमन्त्री देउवाले घरघरमा पुगेर जनताको सुखका लागि काम गर्न निर्देशन दिए ।

    सभापति देउवाले पार्टीमा गलत काम गर्नेलाई अनुशासनको कारवाही गरिने चेतावनी दिए । वर्तमान सरकारले अनियमितता गरेको र जताततै कर वृद्धि गरेर जनतालाई दुःख दिने काम गरेको उनको आरोप थियो । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकलगायतले पार्टीको सङ्गठन विस्तारमा जोड दिएका थिए । नेपाली कांग्रेस कैलालीले पार्टी र नेताको इतिहास समेटिएको वार्षिक भित्ते पात्रो प्रकाशन गरेको हो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com