• surkhet online bazar
  • karnali states student admission campaign
  • schedule बुधबार, बैशाख ११, २०७६

    राजनीति शुद्ध नभएसम्म विकास असंभव : वरिष्ठ नेता पौडेल

    १ बैशाख २०७६, आईतवार १६:१४

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा शुद्धता भएपछि मात्र मुलुक सार्थक विकासको बाटोमा अगाडि बढ्ने बताएका छन् ।

    रारा साहित्य प्रतिष्ठानको आयोजनामा संयुक्त रचना बाचन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले नेपालमा भएको प्राकृतिक सम्पन्नता र सुन्दरताको उपयोगका लागि राजनीतिमा शुद्धता आवश्यक रहेको बताए । उनले राजनीतिलाई शुद्ध बनाउनका लागि सत्ता लिप्सा र पैसाको राजनीतिको अन्त्य हुनुपर्ने बताए । उनले भने–‘ राजनीतिलाई शुद्ध बनाउनका लागि सत्ता लिप्सा र पैसाको राजनीति अन्त्य हुन जरुरी छ । यही राजनीतिलाई शुद्ध बनाउने अभियान मैले सुरु गरेको छु ।’

    वरिष्ठ नेता पौडेलले कर्णालीको प्रकृतिसँग प्रविधी जोड्न सकेमात्र नेपालले विकासको फड्को मार्ने स्पष्ट पारे । उनले भने–‘ कर्णालीको प्रकृतिसँग आज प्र्रविधी जोडन जरुरी छ । कर्णालीको प्रकृतिसँग प्रविधी जोड्न सकेमात्र नेपालले विकासको फड्को मार्ने छ ।’ उनले युरोपमा देखिने गरेको कृत्रिम सुन्दरता भन्दा धेरै गुणा प्राकृतिक रुपले नेपालको कर्णाली सुन्दर रहेको भन्दै कर्णालीको प्रकृतिका सुन्दरताको नेपालमा पहिचान हुन नसकेको बताए ।

    उनले भने–‘युरोप भन्दा पनि हामी प्राकृतिक रुपमा कर्णाली अगाडि छ । हामीसंग प्राकृतिको सुन्दरता छ, हामीसंग झलझलाउदो हिमाल छ । हामीसंग उर्लेर बग्ने नदि छ । कर्णालीमा पाउने जडिबुटी कहि कतै पाउन सकिदैन । कर्णालीको गर्भमा रहेको कुरा हामीले बाहिर ल्याउन सकेनौ भने हामी सधै गरिब को गरिब रहनेछौ । अब कर्णालीको भएका धेरै कुरा बाहिर ल्याउन जरुरी छ ।’ वरिष्ठ नेता पौडेलले कर्णालीको गर्भमा रहेका धेरै कुरालाई बाहिर ल्याउन नसकेका कारण नेपाल विपन्न भएको स्पष्ट पारे ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe