• schedule मङ्लबार, साउन ७, २०७६

    बोयर बाख्रा बारे चितवनका व्यवसायी (भिडियो सहित)

    ३० चैत्र २०७५, शनिबार २१:२०

    Sharing is caring!

    चितवन । विश्वमै सबैभन्दा राम्राे बाेयर जातकाे बाख्रा साउथ अफ्रिकाकाे भएकाे हुनाले त्याे जातकाे बाेयर बाख्राकाे विउ नेपालमा ल्याउने याेजना चितवनका व्यवसायी याेगेन्द्र खड्काले बनाए । उनकाे भनाईमा धेरै संघर्ष पश्चात साउथअफ्रिका देखि ११३ वटा बाख्रा भित्र्याईयाे । चितवनका व्यवसायी खड्का भन्छन्-आज नेपालमा हरेककाे मुखमा बाेयर भनेर सुनिन्छ ।

    थाेरै घाँस खाने र धेरै मासु बढ्ने बाेयर बाख्राले दिनमा ३ देखि ४ किलाे घाँस खाने र दैनिक २ सय देखि ३ सय ग्राम मासु बढ्ने गरेकाे व्यवसायी खड्काकाे भनाई छ ।

    विश्व बजारमै उत्कृष्ट मानिएको बोयर जातको बाख्रा चितवनमा व्यवसायिक रुपमा पाल्न सुरु गरिएको हो । बोयर अफ्रिकाबाट आयात गरिएको व्यवसायी खड्काकाे भनाई छ । उनले पूर्वी चितवनको भरतपुर महानगरपालिका वडा नं.२ मा रहेको बाख्रा फार्म सञ्चालन गरेका छन् । उनले युवा पलायन राेक्न र विदेशबाट हुने मासुकाे आयातलाई प्रतिस्थापन गर्न याे अभियान सञ्चालन गरेकाे बताउँछन् ।

    थप जानकारी व्यवसायी याेगेन्द्र खड्काकाे आवाजमा भिडियाे सहित

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com