• surkhet online bazar
  • karnali states student admission campaign
  • schedule बुधबार, बैशाख ११, २०७६

    जनताकोे आवश्यकता पूरा गर्नु सरकारको दायित्व हो: प्रवक्ता श्रेष्ठ

    ३० चैत्र २०७५, शनिबार ११:२७

    गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको आवश्यकता पूरा गर्नु सरकारको कर्तव्य र दायित्व भएको बताएका छन् ।
    सिरानचोक गाउँपालिका–४ चोरकाटेमा शुक्रबार चिसापानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले वर्तमान नेकपा नेतृत्वको सरकार जनताको प्राथामिकता र आवश्यकतालाई ध्यानमा राखेर अघि बढिरहेको बताए । “जनताको जीवनमा परिवर्तन भएन भने राजनीतिक परिर्वतनको अर्थ रहँदैन”, प्रवक्ता श्रेष्ठले भने, “अहिले सरकारको काँधमा त्यो जिम्मेवारी छ ।”

    देशमा एउटा राजनीतिक आन्दोलन पूरा भए पनि अहिले नै जनताको जीवनस्तरमा परिवर्तन भई नसकेको उनको भनाइ थियो । जनताका सबै खालका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताए । “कानून बनाएर जनताका अधिकार स्थापित गर्नेतर्फ हामी अगाडि बढिरहेका छौँ”, उनले भने ।
    विदेश गएका युवालाई स्वदेश फर्काउन सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर नेपालमै व्यवसाय गराउन प्रेरित गर्ने कामले प्रभावकारी भएको नेता श्रेष्ठले उल्लेख गरे । सरकारले अहिले गाउँ केन्द्रित, गरीब र उत्पीडित जनता केन्द्रित विकास गर्न खोजेको उनले बताए ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe